कार्यपालिका सदस्य निर्वाचन २०७९ को लागी १३ जना महिला तथा अल्पसंख्यकले गराए मनोनयन दर्ता

लोकप्रिय समाचारदाता

स्थानिय तह निर्वाचन २०७९ को प्रत्यक्ष तर्फको चुनाव तथा मतगणना समाप्त भएपछि कार्यपालिका सदस्य निर्माणको लागी सर्लाहीको हरिपूर्वा नगरपालिका निर्वाचन कार्यालयले आज उमेदवारहरुको मनोनयन दर्ताको समय तोकिएको थियो ।
शनिवार १० बजे देखि शुरु भएको उमेदवारी मनोनयन दर्तामा हरिपूर्वा नगरपालिकाको बैशाख ३० गतेको निर्वाचनमा बिजयी भएको बिभिन्न पार्टीबाट ४७ जना जनप्रतिनिधिहरु बाट महिला सदस्यमा ९ जनाले आफनो उमेदवारी दिएको छ । त्यस्तै कार्यपालिका सदस्य निर्माणको लागी बाहिर बाट दलित वा अल्पसंख्यक जातीहरुमा ४ जना ले उमेदवारी दर्ता गराएको निर्वाचन कार्यालय हरिपूर्वाले जनाएको छ ।
उमेदवारी दर्ता गराएको बिबरण


दलित वा अल्पशंख्यक सदस्यमा नेपालि काग्रेशको तर्फबाट शम्भु साह सोनार, जनता समाजवादी पार्टी नेपाल बाट राज देव धोबी, राजिब ठाकुर, तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट दशरथ पासवान रहेको छन ।
त्यस्तै महिला सदस्य निर्वाचित हरु मध्ये मा नेपाली कांगे्रसको तर्फ बाट गीता कुमारी देवी,जैलस देवी चमार, मन्तोरीया कुमारी ,जनता समाजवादी पार्टी नेपाल बाट उषा कुमारी, देवकला माझी मुसहर तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट तेतरी देवी चमैन,दुलारी देवी यादव,फतमा खातुन, तथा राजो देवी रहेको छन ।
आज परेको मनोनयन दर्ताको चुनाव जेठ १७ गते हुने हरिपूर्वा निर्वाचन कार्यालयको प्रमुख शंकरराज लुइटेल ले जानकारी गराउनु भयो ।

Comments
Loading...