हरिपूर्वा वडा नम्बर ६ को चौथो वडाभेला सम्पन्न

मुकेश झा असोज–२१ – २०७७

आर्थिक बर्ष २०७७÷०७८ को लागी हरिपूर्वा नगरपालिकाको चौथो वडा भेला सम्पन्न भएको छ । आब २०७७÷०७८ को लागी वडा नम्बर ६ मा बिकास निर्माणको लागी रु ७५ लाख तथा लक्षीत बर्गको लागी रु. ९ लाख बजेट सहित ८४ लाख कुल बजेट रहेको छन ।
बुधबार वडा कार्यालयले सर्वदलिय तथा सार्बजनिक रुपमा भेला गरि योजना छनौटको लागी जनता समक्ष वडाध्यक्ष दिनेश यादबले वडाको सम्पूर्ण बजेट प्रस्तुत गर्नुभएको थियो । हरिपूर्वा गाबिस रहेको बेला वडा ंनमबर ५ र ६ मिलेर वडा नम्बर ६ निर्माण भएको थियो । बिगत को बर्षहरुमा वडाको बजेट बाट सडक ढलान तथा निर्माणको काम सम्पन्न भएको थियो भने यस बर्षको बजेटमा शिक्षा तथा स्वास्य एबं सिचाईको योजना निर्माणमा ध्यानाकर्षण वडाध्यक्ष लाई सहभागीहरुले गराएको थियो ।
वडाभेला वडाध्यक्ष दिनेश यादबको अध्यक्षता मा सम्पन्न भएको थियो त्यस्तै कार्यक्रममा वडा सदस्य नरेश यादव,नागेन्द्र साह,फेकनी देवि,वडा २ को वडाध्यक्ष पूरुषोतम यादव,अधारभुत स्वास्थ्य चौकिको प्रमाुख रामचन्द्र साह,शिक्षक चन्देब राय,वडा सचिब बिश्वनाथ राय सहित वडा नम्बर ६ को जन समुदायको उपस्थिती रहेको थियो ।

Comments
Loading...