सर्लाहीको चार वटा स्थानीयतहमा विश्व शिक्षक दिवस मनाईयो शिक्षकहरुलाई प्रोत्साहन र पेशागत सम्मानगर्नुपर्नेमाजोड ।

मुकेश झा असोज २२ २०७७

सर्लाही । जिल्लाको चार वटा गाउँपालिका र नगरपालिकाको अगुवाई र शिक्षा क्षेत्रमा कार्यरत संस्थाराष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवाको सहजीकरणमा सामाजिक दुरी र स्वास्थ्य सुरक्षाअपनाई एक अन्तरक्रियाकार्यक्रमको आयोजना गरी मंगलबार विश्व शिक्षक दिवस मनाईएकोछ ।
आरआरपिकेद्धारा संचालित सिकाई परियोजनाको सहजीकरणमा सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका, पर्सा, चन्द्रनगर र ब्रहम्पुरी गाउँपालिकाको आयोजना मा विश्व शिक्षक दिवसको अवसरमा“कोभिड १९ महामारीको कारण शिक्षण सिकाई मा शिक्षक हरुको भुमिका तथा चुनौती र अवसर”बिषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो

अन्तरक्रिया कार्यक्रम मा बोल्दै केश्वर गरिब मा.वि.हरिपुर्वाका प्रधानाध्यापक राम पृत महतोले अहिले सम्मयो ठाउँमा कुनै पनि निकायले शिक्षकहरुको पेशा को सम्मान नगरेको अवस्था मा विश्व शिक्षक दिवसको अवसरमा हाम्रो पेशाको समेत कदर गर्दै हामीलाई उच्च सम्मान गरेकोमा आर.आर.पि.के.लगायतका संस्थालाई हृद्य देखि नै धन्यवाद व्यक्त गर्नुभएको थियो ।

त्यस्तै अन्त्तरक्रिया कार्यक्रममा आफनो धारणा राख्दै हरिपुर्वा नगरपालिकाका नगर प्रमुख सियाराम यादवले कोभिड १९ महामारीको अवस्थामा विद्यालय संचालन गराउनु एउटा ठुलो चुनौती रहेकाले विद्यालयमा समाजिक दुरी कायम गरी मास्क, सेनिटाईजर र साबुनपानीको उचित व्यवस्था गरेर मात्र विद्यालय संचालन गराउन सकिने र त्यसको लागि एउटा शिक्षण सिकाई निर्देशिका बनाएर अगाडी बढ्नुपर्ने बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा चार वटै स्थानीयतहका प्रमुख, उपप्रमुख, प्रमुख प्रसाशकिय अधिकृत, शिक्षा शाखा प्रमुख, शिक्षा अधिकृत तथा सबै समुदायीक विद्यालयका प्रधानअध्यापकहरु, साझेदार संस्थाहरु वल्र्ड भिजन इन्टरनेशनल नेपाल, वल्र्ड एजुकेशन, एच.आई. का प्रतिनिधिहरु, चारवटै स्थानियतह का प्रमुख तथा प्रतिनिधिहरु, सिकाई परियोजनाका कर्मचारीहरुको उल्लेखनीय उपस्थिती भएको परियोजना का बाल संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले बताउनुभयो ।

कार्यक्रमम मा आफनो धारण राख्दै ने.रा.बैजु मा.वि.सग्राम्पुर पर्सा का प्रअ मुनिलाल मण्डलले भन्नुभयो, “शिक्षण सिकाई मा शिक्षकको साथ साथै अभिभावकहरुको पनि अहम भुमिका हुन ेभएकोले घर घर मा बालवालिका लाई व्यवहारिक ज्ञान, अनुशासन र गृहकार्य गराउन अभिभावकले पनि सहयोग गर्नुपर्दछ”, त्यस्तै उहाँले गाउँमा ईन्टरनेटको व्यवस्थान भएकोले अहिलेको महामारीको वेलामा वैकल्पिक शिक्षा प्रदान गर्न कठिनाई रहेको बताउनु भयो ।

गरिब तथा अपाङ्गता भएका बिद्यार्थीहरुलाई वैकल्पिक शिक्षामा पहुँच नभएको हुँदा त्यसको लागि यथाशिघ्र पहल हुनुपर्ने हरिपुर्वा नगरपालिका का शिक्षा शाखा प्रमुख जनक काफ्लेले बताउनु भयो ।कार्यक्रममा आफ्नो मनतव्य राख्दै चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले विश्व शिक्षकदिवसको अवसरमा शिक्षकहरुलाई शुभकामना दिदै विसम परिस्थितीमा समेत आफ्नो पेशागत जिम्मेवारीका साथ बालबालिकाहरुको सिकाई अभिबृद्धि र सहजीकरणका लागि सहयोग गर्न अनुरोध गर्नुभयो , साथै उहाँले यस्तो किसिमको अन्त्तरक्रियाकार्यक्रमले आगामीदिनमा योजना बनाउन समेत सहयोग गर्नेभएकोले आयोजक संस्थालाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

अन्तरक्रियात्मक कार्यक्रम मार्फत समुदायीक विद्यालयका प्रअ तथा शिक्षकहरुबाट आएको चुनौतीलाई सम्बोधन गर्ने क्रममा ब्रहम्पुरी गाउँपालिका का प्रमुख विनोद कुमार साहले कोरोना महामारीको कारण विश्वनै अक्रान्तभएको अवस्थामा शिक्षा क्षेत्र धेरैनै प्राभावित भएको बताउनुभयो, उहाँले यस्तो अवस्थामाहाम्रो ब्रहम्पुरी गाउँपालिका अन्तर्गतका विद्यालय र मदरसामा अध्ययनरत भाइबहिनीहरुको सिकाई सहजीकरणमा सवै पक्षकोभुमिकाउत्तिक्कै उल्लेखनिय रहने भएकोले यसबाटनै जिल्लाको समग्र शैक्षिकवातावरणमा अमुल्य परिवर्तन गर्न सकिने धारणा राख्नुभयो । साथै अर्को वर्ष देखि विश्वशिक्षकदिवस अझ व्यवस्थित, भव्य र समावेशी तरिकाले स्थानिय स्तरमा उत्कृष्ट शिक्षक शिक्षिकाहरुलाई उच्च सम्मान सहित भव्य रुपमा मनाउने प्रतिबद्धता साहले व्यक्तगर्नुभएके सयोंजक नागेन्द्र साहले बताउनुभयो ।

Comments
Loading...