हाजिरीजवाफ प्रतियोगिता तथा ¥याली पर्दशन गरिदै हरिपूर्वामा मनाए ५९औ बाल दिवस

बर्षा झा

भदौ २९ हरिपूर्वा । आज ५९औ राष्ट्रिय बाल दिबसको अवसरमा बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी नाराको साथमा देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरि बाल दिवस मनाइएको छ । यसै क्रममा सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर ६ स्थित रहेको राम जानकी अभारभुत विद्यालयको बालबालिका सहित वडाध्यक्ष रामसोगारथ रायको नेतृत्वमा बालबालिका सम्बन्धि विभिन्न नारा सहित नगर परिक्रमा गरिदै विद्यालयको प्रांगनमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।


वर्लड भिजन इन्टरनेशनल नेपाल, अस्ट्रेलियन एड ,राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र, बागमती सेवा समाज तथा हरिपूर्वा नगरपालिका वडा नम्बर ६ को संयुक्त साझेदारीमा सम्पन हाजिरीजवाफ प्रतियोगितामा ६ वटा ग्रुप सहभागी भएको थियो ।

जनचेतनामुलक तथा नेपालको विभिन्न सन्र्दभहरुमा अधारीत ७२ वटा सोधिएको प्रश्नहरुमा भानुभक्त ग्रुपले १९ वटा प्रश्नको जवाफ दिदै प्रथम स्थान ल्यायो भने १७ वटा प्रश्नको जवाफ दिदै अर्निको ग्रुपले दोस्रो तथा जनक ग्रुपले १६ वटा प्रश्नको जवाफ दिदै तेस्रो स्थान ल्याएको विद्यालयको प्रअ चन्देव यादवले बताए ।


कार्यक्रममा वडा नम्बर ६ को वडाध्यक्ष रामसोगारथ रायले विजेता समुहहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गर्नुभएको प्रअ यादवले लोकप्रिय आवाजलाई जानकारी गराएको छन ।

Comments
Loading...