२४ घन्टामा थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

समाचार स्रोत - कान्तिपुर (२६ जेष्ठ २०७७, सोमबार)

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ३ हजार ७६२ पुगेको जनाए ।

संक्रमित हुनेमा झापाका ९ जना, सुनसरीका १ जना, मोरङका ९ जना, पाँचथरका १ जना, सप्तरीका ६ जना, बलांग बिउ गाउँपालिका क्वारेन्टाइनका १६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका १५ जना, स्याङ्जाका १ जना, पोखराका १ जना, पर्साका ८ जना, बाराका ७ जना, रौटहटका ११ जना, दाङका ४ जना, बाँकेका १ जना, बर्दियाका १८ जना, दैलेखका १० जना, सल्यानका ५ जना, सुर्खेतका १ जना, अर्घाखाँचीका ३१ जना, गुल्मीका १ जना, कपिलवस्तुका २४ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, प्यूठानका ८ जना र रुपन्देहीका ५ जना, महोत्तरीका १२ जना र सर्लाहीका १०६ जनामा संक्रमण देखिएको छ ।           हालसम्म डिस्चार्ज हुनेको संख्या ४ सय ८८ रहेको छ । पछिल्लो २४ घन्टामा डिस्चार्ज हुनेको संख्या २१ रहेको छ । खजुरा बाँकेबाट २० जना डिस्चार्ज भएका हुन् भने कोभिड युनिफाइड अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ५६ हजार ९९१ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ९७१ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ७० हजार ७३२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ३ हजार २६० जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा र स्याङ्जामा एकरएक गरी १४ जनाको मृत्यु भएको छ ।

80%
Awesome
  • Design
Comments
Loading...