सोमबार सर्लाहीमा१२० जना संक्रमित थपिएको पुष्टी, योसँगै ३६९ पुगे

लोकप्रिय समाचारदाता संवाददाता (२६ जेष्ठ २०७७, सोमबार)

सर्लाहीमा आज सोमबार मात्रै १२० जना कोरोना भाईरसका संक्रमित थपिएको पुष्टी भएको छ । योसँगै सर्लाहीमा ३६९ जना संक्रमित पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त जानकारी अनुसार सोमबार मात्र सर्लाहीमा १२० जना संक्रमित थपिएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए । प्रजिअ जिसीका अनुसार सोमबार पुष्टी भएकामा ब्रम्हपुरी गाउँपालिका ४३, विष्णु गाउँपालिका ३४, ईश्वरपुर नगरपालिका १८, चक्रघट्टा गाउँपालिका १५, बलरा नगरपालिका ९ र रामनगर गाउँपालिकाका १ जना रहेका छन् । थपिएका १२० जना कोरोना संक्रमित भारतबाट फर्केर सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखिएका व्यक्तिहरु भएको प्रजिअ जिसीले जानकारी दिए ।
चक्रघट्टा गाउँपालिकामा आईतबार नै जनकपुरबाट १४ जना पोजेटिभ भन्ने खबर आएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौबाट सोमबार १५ जनामा पोजेटिभ पुष्टी भएको खबर आएको हो ।

सोमबार थपिएका पालिकाहरुमध्ये विष्णु, ब्रम्हपुरी र बलरा भारतीय सिमावर्ती पालिका हुन् भने अन्य पालिकाहरु केही उत्तरतर्फका हुन् ।

80%
Awesome
  • Design
Comments
Loading...