Warning: session_start(): open(/tmp/sess_265n9h6jvfksu7ulcr0rkl22t1, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
६ महिना देखि कार्यालय सहयोगी बिहिन हरिपूर्वा नगरपालिकामा आज करारमा कर्मचारी नियूक्त – lokpriyaawaj

६ महिना देखि कार्यालय सहयोगी बिहिन हरिपूर्वा नगरपालिकामा आज करारमा कर्मचारी नियूक्त

लोकप्रिय अवाज समाचारदाता

माघ ११ हरिपूर्वा । सर्लाहीको हरिपूर्वा नगरपालिका विगत ६ महिना देखि कार्यालय सहयोगी,सरसफाइ कर्मचारी तथा सबारी चालक बिहिन रहेको बेला आज एक कार्यक्रम बिच कार्यालय सहयोगीको लागी २०७९ अषाढ ३१ गते को सुचना प्रकाशित बाट आवेदन दर्ता गराई २०७९ पुष २७ गते देखी २०७९ माघ १ गते सम्म भएको अन्र्तवार्तबाट सफल भएको ३४ जनामा कार्यालय सहयोगी पदमा २७ ,सबारी चालक पदमा ५ जना तथा सरसफाई कर्मचारी पदमा २ जना लाई हरिपूर्वा नगरपालिकाको नगर प्रमुख बिनोद कुमार साहले ६ महिने करारमा नियुक्ती पत्र प्रदान गरेको छ ।


कार्यालय सहयोगी पदको लागी २ सय ४२ जनाले आवेदन दिएकोमा र्सट लिस्टमा नाम पारेर २ सय ३९ जनाले कार्यालय सहयोगी भर्नाको अन्र्तवार्तामा सहभागी भएको थियो ।
नियुक्तिपत्र हस्तानान्तरण कार्यक्रममा हरिपूर्वा नगरपालिकाको नगरप्रमुख बिनोद कुमार साह,हरिपूर्वा वडा नम्बर ५ को वडाध्यक्ष बिजयभुषण प्रसाद साह,वडा नम्बर ८ को वडाध्यक्ष रमेश प्रसाद अधिकारी,वडा नम्बर ९ को वडाध्यक्ष सुरेन्द्र महतो, कार्यपालिका सदस्य शम्भु साह,राजनितिक कर्मी सहितको उपस्थिती रहेको थियो ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_265n9h6jvfksu7ulcr0rkl22t1, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0