Warning: session_start(): open(/tmp/sess_1ip50sevmnul9tu7blckiams96, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
हरिपूर्वा खानेपानी आयोजना स्थपनाको लागी जग्गादता लाई हरिपूर्वा नगरपालिका द्वारा भव्य सम्मान् – lokpriyaawaj

हरिपूर्वा खानेपानी आयोजना स्थपनाको लागी जग्गादता लाई हरिपूर्वा नगरपालिका द्वारा भव्य सम्मान्

मुकेश झा असोज -२० -२०७८

सर्लाहीको हरिपूर्वा नगरबासीको सुख सुबिधाको लागी हरिपूर्वा नगरपालिका ६ बस्ने भोला राय यादबले हरिपूर्वा नगरपालिका लाई ४ कटठा जग्गा दान गरेको छ ।
स्थानिय तह निर्माण अघि देखि नै खानेपानी आयोजना द्वारा पटक पटक हरिपूर्वा नगरपालिकामा कार्यालय स्थाप्ना को लागी अएपनि जग्गा दाता नभएको कारण कार्यालय स्थाप्ना हुन नसके पनि स्थानिय भोला राय यादबले आयोजना स्थप्नाको लागी स्वेक्षाले जग्गा दान गरेपछि नगरबासीको सपना पुरा भएको नगर प्रमुख सिया राम रायले बताउनु भयो ।
खाने पानी आयेजना को तर्फ बाट करिब १५ करोडको लगानीमा हरिपूर्वा खानेपानी आयोजना को निर्माण हुने र दाताले उप्लब्ध गराएको जग्गा आयोजना को नाममा राजिस्ट्री समेत भइसकेको ले चाडै नै शिलान्यासको काम हुने प्रमुख सियाराम रायले   बताए ।
सम्मान कार्यक्रममा हरिपूर्वा नगरपालिकाको नगर प्रमुख सियाराम रायले जग्गा दाता लाई दोस्ल्ला ओढाइ सम्मान गर्नुभएको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकाल,प्रशासकिय अधिकेत कुमार परियार,वडाध्यक्ष दिनेस यादब,बिजय कुमार यादव,कार्यपालिका सदस्यहरु सहित नगरपालिकाको कर्मचारीहरु को उपस्थिती रहेको थियो
जग्गादाता हरिपूर्वा नगरपालिका ६ निबासी भोला राय यादव साहिल युवा संगठनको केन्द्रिय सदस्य समेत रहनु भएको छ ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_1ip50sevmnul9tu7blckiams96, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0