Warning: session_start(): open(/tmp/sess_p4op6pbkvnuh0u742t1vs8jkj2, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
ट्रयाक्टरको ठकरबाट हरिपूर्वा नगरपालिका ९ मा एक जना को मृत्यू – lokpriyaawaj

ट्रयाक्टरको ठकरबाट हरिपूर्वा नगरपालिका ९ मा एक जना को मृत्यू

लोकप्रिय समाचारदाता असोज २१ २०७८

आज साझ सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्रयाक्टरको ठकरबाट एक जनाको घटना स्थलमै मृत्यू भएको छ ।
सर्लाही हरिपूर्वा नगरपालिका वडा ५ बस्ने अन्दाजी ४७ बर्षको पुकार महतो इश्वरपुरको जगंलबाट सुकेको दाउरा साइकलमा राखेर हरिपूर्वा तर्फ आउदै गरको अबस्थामा सोही दिशाबाट ज१त ९२७९ नम्बरको ट्रयाक्टरले पछाडीबाट ठक्कर दिदा महतो को घटना स्थलमै मृत्यू भएको हरिपूर्वा प्रहरी चौकि इन्चार्ज ले बताएको छ ।
ट्रयाक्टर चालकले ठककर दिएर भाग्न खोज्दा प्रत्यक्षदर्शी हरुले पक्रेर प्रहरीको जिम्मा लगाएको छ । ट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतक महतोलाई पोष्ट मार्डमको लागी जिल्ला अस्पताल मलंगवा पठाइएको छ । घटना स्थलमा व्यापक प्रहरीको उपस्थिती रहेपनि अबस्था समान्य रहेको प्रहरी हवल्दार मिकरानीले बताए ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_p4op6pbkvnuh0u742t1vs8jkj2, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0