Warning: session_start(): open(/tmp/sess_bp2e3k4pvbff9v7vpafa3ovtd3, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
चन्द्रनगरका दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण – lokpriyaawaj

चन्द्रनगरका दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

लोकप्रिय समाचारदाता

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा दलित तथा विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा विद्यालय झोला वितरण गरिएको छ । शुक्रवार चन्द्रनगर गाउँपालिका वडा नं २ बिराता बजारमा समाजसेवी युवा शिवनाथ राउतले संचालन गरेको निःशुल्क ट्युशन सेन्टरका विपन्न तथा दलित बालबालिकाहरुको लागि लालबन्दी नगरपालिका बस्ने मनिषा बख्रेलले आफ्नी जेठी छोरी आध्या ढुङ्गेल को जन्मदिनको अवसरमा ६० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा झोला ट्युशन सेन्टरलाई हस्तान्तरण गरेको छ ।

निशुल्क ट्युसन कक्षामा अध्यनरत बालबालिकाहरुलाई ति बालबालिकाहरुको अभिभावकहरुको उपस्थितिमा शैक्षिक सामग्री तथा बिधालय झोला वितरण गरिएको हो ।

वडा नं  २ बस्ने समाजसेवी युवा शिवनाथ राउतले आफु शारीरिक रुपले अपाङ्गता भए पनि बिगत ४ बर्ष लामो समय देखि मुसहर बालबालिकाहरुलाइ साक्षरता कक्षा दिइराखनु भएको छ । विपन्न बालबालिकाहरुलाइ अध्ययन गर्नका लागि शैक्षिक वातावरण लाई सहज बनाइदिने, परोपकारी भावना राख्नुहुने बख्रेल परिवालाई शैक्षिक सामग्री तथा विद्यालय झोला टयुशन सेन्टरलाई सहयोग गरेको प्रति समाजसेवी युवा राउतले धन्यवाद, समेत दिनुभएको छ ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_bp2e3k4pvbff9v7vpafa3ovtd3, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0