Warning: session_start(): open(/tmp/sess_00vu3bhue8kbpfnu3r1imucff3, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
हरिपूर्वा नगरपालिका ९ बगेवामा सामा चकेबा प्रतियोगिता हुने – lokpriyaawaj

हरिपूर्वा नगरपालिका ९ बगेवामा सामा चकेबा प्रतियोगिता हुने

रबिन्द्र ठाकुर मसिंर १ २०७८

मिथिलाको प्रमुख पर्व समा चकेबाको बिस्तारै अस्तउदै गइरहेको वेला सर्लाहीको हरिपूर्वा नगरपालिकामा समा चकेवा प्रतियोगिता हुन लागेको छ । छठ पवैको सझिया घाट देखि शुरु भई कार्तिक पुर्णिमाको दिन बिर्सन गरिने समा पर्वमा छोरीले माटोको बिभिन्न प्रतिमा बनाई रातीमा मैथली लोकगित गाएर मनाइने गरेको हरिपूर्वा नगरपालिका वडा नम्बर ३ धनकौल कि संजु यादवले बताइन ।
पहिले यो पर्वलाई घर–घरमा मनाइने चलन रहेपनि आधुनिक्ताको कारण यो पर्व लोप हुदै गइरहेको वेलामा समाचकेबा प्रतियोगिता गराउने र जित्ने समुहलाई यचित पुरस्कारको व्यबस्था समेत र मिलाउने भएपछि हरिपूर्वा नगरपालिका ९ बगेवाको घर–घरमा महिलाहरुको समुहले बिभिन्न प्रकारको फुलमाला ले सजाई मण्डप तयार गरि समा चकेवा पर्व मनाइरहेको वडाध्यक्ष सुरेन्द महतोले बताए ।
वडाध्यक्ष महतोको अनुसार कार्तिक पुर्णिमाको राती सामा बिर्सजन गर्ने ठाउ हर्दि खोलामा भव्य पुजापाठको साथमा प्रतियोगीता हुने र सो अबसरमा सम्पुर्ण धर्मालम्बी लाई आएर सोभा बढाई दिन आग्रह समेत गर्नुभएको छ ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_00vu3bhue8kbpfnu3r1imucff3, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0