सर्लाहीका बलरामा भारत सरकारको ५ करोडको लागतमा निर्माण भएको भवनको उदघाटन

राधेश्याम कुशवाहा

माघ २० । सर्लाहीको बलरा नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा ५ करोडको लागतमा निर्मित विद्यालयको भवनको एक कार्यक्रम बिच उदघाटन गरिएको छ ।
बलरा नगरपालिका वार्ड न.४ स्थित रामसखी मोहित सिंह माध्यमिक विद्यालयको नवनिर्मित भवनलाई भारतीय महावाणिज्य दुतावास, वीरगन्जका महावाणिज्यदूत नितेश कुमार, जिल्ला समन्वय समिति, सर्लाहीका सभापति कौशलकिशोर सिंह, बलरा नगरपालिकाको मेयर रामाशंकर कुशवाहाले एक कार्यक्रम बिच सामुहिक रुपमा उदघाटन गरेको गरेका हुन ।

स्वागत मन्तव्यमा बोल्दै विद्यालयका प्रधानाध्यापक विरेन्द्र झा ले भारत सरकारको सहयोगमा विद्यालयमा २ वटा भवन निर्माण भएर प्राप्त भएकोमा भारत सरकार सति कार्यक्रममा उपस्थित महावाणिज्यदूत नितेश कुमार लाई समेत विशेष धन्यावाद दिन चाहेको बताए ।
उहाँले आफनो १० बर्षे कार्यकालमा विद्यालयमा ३ वटा भारतीय महावाणिज्यदूतलाई स्वागत गर्न पाएकोमा खुशि व्यक्त गर्दै अगामी दिनहरुमा समेत सहयोगका लागि आश राखको बताए ।

बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले विधालयको स्तरोन्नतिमा भारतीय लगानी कोषेढुंगा सावित हुने बताए ।
उहाँले बलरा नगरपालिका अन्तर्गतका विद्यालयहरु मध्ये भारतीय राजदुतावासको लगानीमा छतौना माविमा निर्माणाधिन रहेको विद्यालयको भवनलाई यथाशिघ्र निर्माण कार्य अगाडी बढाई दिन प्रमुख अतिथिलाई ध्यानाकार्षण समेत गराए ।
बलरा नगरपालिकालाई शिक्षाको हबको रुपमा विकास गर्दै जाने योजना रहेका कारण यो नगरमा भारत सरकारको थप आर्थिक सहयोगको आवश्यकता महसुस गरेको छु, उहाँले भने । बलरा नगरमा लगानी गर्न अनुरोध गर्दै भारत सरकारले लगानी गर्ने इच्छा देखाएमा आफूले वातावरण निर्माण गर्ने उहाँले बताए । उहाँले भारतीय सहयोगका लागि आभार प्रकट गर्दै भारतीय राजदुतावासबाट नेपालका विद्यालयहरुमा थप लगानीका लागि अपेक्षा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महावाणिज्यदूत नितेश कुमारले
नेपाल भारत सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउन दुई देश बिचको विकासमा हाथेमालो गर्नु पर्ने बताए ।
नेपाल भारत बिच धार्मिक, समाजिक तथा वैवाहिक सम्बन्ध रहेका कारण नेपालको हरेक विकास निर्माणमा भारत सरकारले सक्दो सहयोग गर्दै आएको छ, उहाँले भने ।
नेपालको विद्यालयको भौतिक संरचना निर्माण तथा मर्मत सम्भारमा समेत भारत सरकारले ठुलो लगानी गरेको स्मरण गराउदै अगामी दिनहरुमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्वता व्यक्त गरे । उहाँले निर्माणधिन योजनाको कामलाई समयमै सुरु गर्ने विश्वास समेत दिलाए ।

भारत सरकारको सहयोगमा विद्यालयमा २ वटा भवन निर्माण गरिएकोमा भारत सरकारलाई धन्यवाद दिदै स्थानियवासी हर्षित रहेका जिल्ला समन्वय समतिका सभापति कौशलकिशोर सिंहले महावाणिज्यदुत नितेश कुमारलाई जानकारी गराए ।
उहाँले भारत सरकारबाट नेपालका शिक्षा स्वास्थ तथा यातायात लगायत हरेक विकास निर्माण कार्यमा ठूलो सहयोग रहेका कारण भारत सरकारप्रति सर्वसाधारण उत्साहित र सकरात्मक रहेको छ, उहाँले भने ।
जिल्लाका दक्षिणी तथा पश्चिमी भेगमा यस्ता ग्रेण्ड कार्यक्रमको अझ आवश्यकता रहेका कारण यहाँका शिक्षा तथा स्वास्थमा भारत सरकारलाई सहयोगका लागि अपिल गरे ।
उहाँले भारत सरकारको सहयोगमा निर्माणधिन रहेका छतौना माविका भवन र २५ वटा सामुदायिक भवन शिलान्यासको ७÷८ बर्ष बित्न लाग्दा समेत निर्माण पुरा नभएको जानकारी गराउदा समयमै काम सुचारु गरदिनका भारतीय महावाणिज्यदुतलाई आग्रह समेत गरे ।

रामसखी मोहित माविमा भारत सरकारको सहयोगमा ५ करोड र १.५ करोड गरी २ वटा विद्यालयको भवन निर्माणको साथै कम्यूटर ल्याब, ल्यापटप, फर्निचर लगायत अन्य सामग्री समेत प्राप्त भएको हो ।
विरगन्ज महावाणिज्य दुतावासका महावाणिज्यदुत नितेश कुमारको प्रमुख आतिथ्य र जिल्ला समन्वय समिति, सर्लाहीका सभापति कौशलकिशोर सिंहका अध्यक्षतामा सम्पन्न भएको उदघाटन समारोहलाई नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले संचालन गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह, बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाज्यू, प्रजिअ इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेश सुवेदी, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुनिल कुशवाहा,शिक्षाप्रेमी, नागरिक समाज, समाजसेवी लगायत संचारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

Comments
Loading...