रुपान्तरण समूह तथा बाल क्लबका बालबालिका ले बुझाए गाउपालिका प्रमुखलाई ज्ञापनपत्र

मुकेश झा

२०८०जेष्ठ २० गते पर्सा । सर्लाहीको पर्सा गाउपालिकाको बालबालिका तथा किशोरीहरुको सशक्तीकरणको लागि पर्सा गाउपालिकाको बालबालिकाहरुको समूह बाल क्लब, रुपान्तरण समुह तथा किशोरिहरुको समूहले पर्सा गाउपालिका प्रमुख धिरेन्द्र राय ( बिस्पत) लाई ज्ञापनपत्र बुझाएको छ ।
बालबालिका तथा किशोर किशोरी भएकै कारण गरिने बालविवाह परिवार समाज तर्फबाट गरिने बिभेद गरिने यौनजन्य दुर्ववहार र हिंसा अन्त्य गरेर बालबालिका तथा किशोर किशोरिहरुलाइ समान अवसर र समान व्यवहार गरेर मात्र सुखी नेपाल समृद्ध नेपाल को परिक्लपना सम्भव रहेको उदेश्यको साथ पालिका प्रमुखलाई ज्ञापनपत्र बुझाएको रुपान्तरण समुहकी प्रशिक्षक पिंकी शर्माले बताए ।


स्थानीय स्तरमै बालबालिका लाई कम्तीमा पनि माध्यमिक तह तथा उच्च शिक्षा अनिवार्य गर्न बतावरण तयार पारियोस, बालबालिका लाई कुनै पनि बहानामा शिक्षा स्वास्थ्य सहभागिता तथा संरक्षण जस्ता बिषयमा बन्चित नगरियोस,बाल बिबाह गर्ने गराउनेलाई संबंधित वडा तथा पालिकाले कानुन अनुसारको दण्ड सजाय गराउन पहल गरियोस माग सहित १८ बुन्दे माग सहितको ज्ञापनपत्र आज बालबालिकाको समुहले आज एक कार्यक्रमको बीच पर्सा गाउपालिकाको प्रमुख धिरेन्द्र राय तथा उपप्रमुख लाई बुझाएको छ।

गाउपालिका अध्यक्ष धिरेन्द्र रायको अध्यक्षतामा कार्यक्रम सप्पन्न भएको छ ।

Comments
Loading...