बर्षायाम को शुरुवातमै हरिपूर्वा नगरपालिकाको सडकहरु हिलोमय

 

सर्लाही सर्लाहीको पुर्वी दक्षिणी क्षेत्रमा पर्ने हरिपूर्वा नगरपालिकामा अषाढ महिना आउनु अगाबै नगरपालिकाको मुल सडक तथा टोल -टोलको सडक हिलो तथा पानिले भरेको छन् । आर्थिक बर्ष २०७३ -०७४ देखि अहिले सम्ममा नगर विकास तथा सडक पुर्ननिरमाणको लागी यस बर्षको बजेट सम्ममा १ र्अब भन्दा बढि बजेट आइसक्दा पनि नगरपालिकाको अधिकाशं वडाको स -सानो सडक र्ममत तथा ढलान हुन न सक्दा स सानो पानि परेमा बाटो हिलोमय बनेर आवत जाबतमा समस्या हुने गरेको स्थानिय बासी नागेन्द्र साहले वताए ।


९ वटा वडा रहेको हरिपूर्वा नगरपालिकामा विगत २ बर्षको बजेट ३० करोड भन्दा बढि बिकास निर्माणको काममा खर्चन नसकिएर बैंक खातामा थनकाइएर राखिएको छ । यस क्षेत्रकै व्यपारिक केन्द्र रहेको हरिपूर्वा नगरपालिकामा बाटो को अबस्था एकदमै दयनिय रहेको कारण व्यपार क्षेत्रमा समेत असर परेको रोशन ट्रेर्डस को मालिक तलेवर साहले बताउनुभयो । साहको अनुसार बाटो खराब भएको कारण बाहिर वाट आउने ट्रक र ठूलो गाडी गाउमा आउनै नमानेको कारण ठुलो सम्स्यामा परेको उहाँ ले वताउनुभयो ।
यसबारेमा नगरपालिका को नगर प्रमुख सियाराम राय भन्नुहुन्छ यसपालि हामिले बिकास निर्माणको काममा पुर्ण तयारी गरिएकै बेला कारोना भाइरस लाइ रोकथामको लागी सरकारले अपनाएको लकडाउनको कारण बिकासको काम अगाडी बढाउन सकिएन । अब आर्थिक मसान्त समाप्त हुन एक महिना मात्र वाकि रहेको कारण ठुलो बजेटको योजना चलाउन सम्भव नभएपनि गत वर्षमा रोकिएको केही योजना हरु संचालन गरि बिकास निर्माणको काम अगाडी बढाउने प्रयास भइरहेको र सबैको सहयोग भएमा सानो सडकहरुमा नाला निर्माण र ढलान गरिन सक्ने उहाँले वताउनुभयो ।

80%
Awesome
  • Design
Comments
Loading...