अधारभुत स्वास्थ्य केन्द्रको हरिपूर्वा नपा–६ को उद्धाटन सम्पन्न

रौशन झा १० गते शनिबार २०७७

सर्लाहीको हरिपूर्वा नगरपालिका अन्र्तगत रहेको ९ वटा वडामा ३ वटा स्वास्थ्य चौकीको स्थाप्ना मात्र रहेको ले बाकि रहेको ६ वटा वडामा अधारभुत स्वास्थ्य केन्द्र स्थापना हुने भएको छ । त्यसै अन्र्तगत शुक्रबार एक कार्यक्रमका बिच नगर प्रमुख सियाराम रायले वडा नम्बर ६ को अधारभुत स्वास्थ्य केन्द्रको समुद्धाटन गर्नुभएको छ ।

स्थापित अधारभुत केन्द्रमा बच्चा जन्माउनु बाहेक बाकि रहेको सेवा तथा प्रार्मश प्रदान गरिने स्वास्थ्य सयोंजक रामएकबाल रायले बताउनुभयो । यस केन्द्रबाट नेपाल सरकारको नम्स अनुसार ३६ प्रकारको औषधी उपल्बध गराइने तथा प्राथमिक उपचार सेबा प्रदान गरि बिशेष उपचारको आवश्यक्ता भएको बिरामीलाई बाहिर पठाउनको लागी आबश्यक सल्लाह सुझाब प्रदान गरिने छ । अहिले स्वास्थ्य केन्द्रमा एउटा एच.ए, १ जना अनमि तथा एक जना कार्यालय सहयोगी राखिने व्यबस्था रहेको सयोंजक रामएकबाल रायले बताउनुभएको छ ।

वडा नम्बर ६ को अधारभुत स्वास्थ्य सेन्टरको इन्चार्जको रुपमा रामचन्द्र साहले कार्यभार सम्भाल्नु भएको छन भने अनमि को रुपमा सुजाता चौधरी,तथा कार्यालय सहयोगीको रुपमा मजुं कुमारी लाई जिमेबारी दिइएको छ ।
शुक्रबार नै हरिपूर्वा नपा ५ को पनि स्वास्थ्य केन्द्र उद्धाटन भएको छन भने बाकि रहेको ४ वटा वडाको पनि बिस्तारै र्कायालय स्थाप्ना हुने नगर प्रमुख सियाराम रायले बताउनु भएको छ । उद्धाटन कार्यक्रमको अध्यक्षता वडाअध्यक्ष दिनेश यादबले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथीको रुपमा नगरप्रमुख सियाराम राय,बिशिष्ट आतिथीको रुपमा प्रशासकिय अधिकृत कुमार परियार,आतिथीको रुपमा महिला वालवालिका अधिकृत धनमाया खडका,स्वास्थ्य सयोंजक रामएकबाल राय,सह सयोंजक राधेश्याम राय,रामसोगारथ राय, प्रभु चौधरी, सहितको उपस्थिती रहेको थियो ।

Comments
Loading...