बैशाख २३ सर्लाही । गएको बिहीबार दिउँसो आगलागीबाट घरबारविहीन बनेका सर्लाहीको सीमावर्ती गाउँ विष्णु गाउँपालिका–१, बाराउद्योरणका आगलागी पीडितलाई आज राहत सहयोग गरिएको छ । बागमती सेवा समाज नेपाल हरिवन र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपिके) मलंगवाले वल्र्ड भिजनको सहयोगमा बाराउद्योरणस्थित पूर्वारी टोलका ६५ परिवारलाई विभिन्न राहत सामग्री प्रदान गरेका हुन् । एक परिवारलाई ४ हजार ५० रुपैयाँ बराबरको राहत सामग्री दिइएको छ । प्रत्येक परिवारलाई २५ केजी चामल, ३ केजी दाल, २ लिटर तेल, २ केजी चिनी, २ केजी नुन र एक थान किचेन सामग्री प्रदान गरिएको बागमती सेवा समाज नेपालका भरतकुमार कार्कीले जानकारी दिनुभयो । कार्कीसहित वल्र्ड भिजन इन्टरनेशनलका विनय अमात्य, आरआरपिकेका सन्जिव चौधरीलगायत भएर राहत वितरण गर्नुभएको छ । गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादवको उपस्थितिमा अग्नी पीडितलाई राहत वितरण गरिएको हो । बिहीबार दिउँसोको भिषण आगलागीबाट घर जलेर खरानी भएर बिचल्लीमा परेका बाराउद्योरणका आगलागी पीडितलाई क्रमिक रुपमा राहत सामग्री जुटिरहेको छ ।
Sign in / Join
Sign in
Recover your password.
A password will be e-mailed to you.