बाल मैत्री सिकाइ केन्द्रको कार्यालय उदघाटन

बिबेक कुमार यादब

बैशाख ३ हरिपुर्वा । वर्ल्डभिजन इन्टरनेशनल नेपालको सहयोग तथा बागमती सेवा समाजको आयोजना तथा हरिपुर्वा नगरपालिकाको समन्वयमा आज एक कार्यक्रमका बिच हरिपुर्वा नगरपालिका वडा नम्बर – ७ स्थित वडा कार्यालयले उपलब्ध गराएको भवनमा बालमैत्री सिकाइ केन्द्रको उदघाटन हरिपुर्वा नगरपालिकाको उपप्रमुख सुमिन्त्रा देवि ग्वारिनले गर्नुभएको छ ।
बाल संरक्षण, समुदाय संलग्नता स्पाेन्सरशीप परियाेजना अन्तरगत बागमती सेवा समाजले हरिपुर्वा नगरपालिकामा गठित बालक्लब, बाल संजाल तथा किशोर किशोरीले यस सिकाइ केन्द्रबाट शिक्षा क्षेत्रमा कम्प्युटर तथा विभिन्न पुस्तकबाट छलफल अभ्यासका साथ थप ज्ञान हासिल गर्नमा सहयोग पुर्याउने बागमती सेवा समाजका कार्यक्रम संयोजक प्रमेश बादेले जनाएको छ ।

सिकाइ केन्द्रका लागि संस्थाले ३ थान कम्प्युटर, ३ थान टेवल, बसाइ ब्यवस्थापन , ज्ञानमुलक ८० थान किताब,कुर्सी ८ थान, किताब राख्ने बुक केस दराज,कम्प्युटर प्रशिक्षक ३ महिना सम्मको लागि सहितका समाग्रीहरु उपलब्ध गराएको छ ।
कार्यक्रमको अध्यक्षता वडा नम्बर -७ को वडा अध्यक्ष उमेश कुमार यादबले गर्नुभएको छ । कार्यक्रमको प्रमुख आतिथिको रुपमा उपप्रमुख सुमिन्त्रा देबि ग्वारिन, आतिथिको रुपमा बागमती सेवा समाजका पुर्व अध्यक्ष भरत कार्की , सहित बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...