मोटर चोरको बिगबिगी,प्रहरी प्रशासन मौन

बिबेक कुमार यादव

बैशाख ०४ सर्लाही । हरिपुर्वा नगरपालिका अन्तरगतका बिभिन्न चौरमा अहिलेसम्म दर्जनौ मोटर चोरी भैसकेको छ।

किसानहरुले कृषिका लागी खेतमा जडान गरेको मोटर हाल खेतबाटै चोरी भइरहेकोले किसानहरु चिन्तित भएका छन्।हरिपुर्वा नगरपालिका अन्तरगत पर्ने सुर्जाही र चाफी भन्ने चौरबाट एकदिनमै तिनवटा मोटर चोरी भएको घटनाले त्यस क्षेत्र लगायत अन्य चौरका किसानहरु पनि असुरक्षित र चिन्तित भएका छन्।

यति हुँदा पनि प्रहरी प्रशासन पक्ष मौन देखिएकाे  र अहिलेसम्म कुनै अपराधी फेला नपर्नु यो आफैमा एउटा ठुलो बिडम्बना रहेको किसानहरुको भनाइ छ।यसैक्रममा पीडित किसान रमेश साह भन्छन् “समयमा वर्षात हुदैनन् खेतमा पानी हाल्नका लागी जसोतसो कर्जा,सापटि लिएर मोटर जडान गरेको थिए जसमा तार टाँढा बाट ल्याउनुपर्दा दस हजार जति तारको मात्रै परेको थियो तर चोरले मोटर सङ्गसङ्गै तार पनी लग्यो र यो घटना मात्रै मसङ्ग नघटेर यहाँका कयौं किसानसङ्ग घटिसकेकाे भएपिन  यस विषयलाई लिएर प्रहरी प्रशासन मौन  छ ।

यस बिषयमा पटक पटक माेखिक रूपमा हरिपुर्वा प्रहरी चाैकिमा जानकारी गराउदा पनि प्रहरीले चासाे नदेखाएकाे हरिपुर्वा वडा नम्बर २ का किसान सुरेन्द्र यादवले बताए।

हामी असुरक्षित छौं आज मोटर लग्यो भोली गएर भौतिक आक्रमण पनि गर्न सक्छन् हामी किसान कहिँको रहेनौ”भन्दै आफ्नो गुनासो पोखेका छन्।

Comments
Loading...