१६ दिने लैङ्गिक हिंसाविरुद्ध अभियान को सन्दर्भमा बाल विवाह तथा महिला हिँसा बिरुद्ध “सडक नाटक”

रबिन्द्र ठाकुर

मंसिर २१ हरिपुर्वा ।  नेपालै भरी लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेको छ । यसै कार्यक्रम अन्तर्गत सर्लाहीको हरिपुर्वा नगरपालिकामा रुपान्तरण तालिमका सहजकर्ता, बालक्लवका का सदस्यद्वारा बाल विवाह तथा महिला हिंसा विरुद्ध “सडक नाटक” प्रस्तुत गरेको छन ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र बागमती सेवा समाजको सहयोग तथा हरिपुर्वा नगरपालिकाको समन्वयमा बाल संरक्षण तथा बाल स्पोंशरशिप परियोजना अन्तर्गत वडा नम्बर ८ बसंतपुर स्थित वडा कार्यालयको अगाडि बाल कलाकारद्वारा सडक नाटक प्रस्तुत गरिएको बागमती सेवा समाजका कार्यक्रम संयोजक प्रमेश बादेले बताए ।
वडा नम्बर -८ का वडाध्यक्ष रमेश यादवको उपस्थितिमा सप्पन्न सडक नाटकको दृष्य हेर्न वडा भित्रका स्थानीयको उपस्थिति रहेको थियो ।

Comments
Loading...