सर्लाहीमा प्रत्येक बर्ष गाँजा खेती नष्ट गर्ने परम्परा कायमै

लोकप्रिय समाचारदाता

लालबन्दी,२२ मंसिर । सर्लाही प्रहरीले शुक्रवार १५ बिघा क्षेत्रफलमा लगाइएको प्रतिबन्धित लागु औषध गाँजा खेती नष्ट गरेर प्रत्येक बर्ष मनाउदै गरेको यो परम्परा लाई पुनः कायमै राखेको छ । गाँजा फडानी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब १ सय ५० जना प्रहरी टोली सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १४ नारायणखोला पुुगेर अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । नारायणखोलामा प्रत्येक वर्ष प्रहरीले गाँजा फडानी गरेको भए पनि स्थानीयले गाँजा खेती गर्न भने छाडेका छैनन् ।

सडकको राम्रो पहुँच नभएको दुर्गम चुरे क्षेत्रका स्थानीयले अन्नबालीको विकल्पमा गाँजा खेती गर्ने गरेको छ ।नारायणखोलामा भारतीय व्यापारीले स्थानीय किसानको जग्गा भाडामा लिएर गाँजा खेती लगाउने गरेका छन्। यसरी उत्पादन भएको गाँजा तयारी गरेर नेपाल सहित भारतका विभिन्न बजारहरुमा महँगो मूल्यमा बिक्री हुने गरेको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले लागु औषध गाँजाले समाजमा वृकृती तथा बिसंगती फैलिरहेकोले लागु औषध कारोवारलाई रोक्न गाँजा खेती नष्ट गर्न अभियान नै सुरु गरिएको बताउनुुभयो ।

सर्लाही प्रशासनले गाँजा खेती नष्ट गर्न अभियान नै सुरु गरेको हुदाँ सूचना प्राप्त भए सम्म गाँजा लगाइएको क्षेत्र देखे सम्म निरन्तर फडानी हुने प्रजिअ धमलाले जानकारी दिनुुभयो । नरायणखोलामा गाउँलेहरु कहिले पनि नदेखिने लुकीछिपि स्थानियहरु मेहनत पुर्वक गाँजा खेती गर्ने गरेको अवस्था छ । डाँडाहरुमा बाहिर बाट अन्य बाली लगाइएको र बाहिर नदेखिने गरी भित्रि रुपमा यस क्षेत्रमा गाँजा खेती हुने गरेको सर्लाही प्रहरी प्रमुख प्रविण धितालले बताउनुुभयो।

गाँजा खेतीमा भारतीय नागरीकको समेत संलग्ता भएको हुदाँ उनिहरुलाई न पक्राउ नहुुन्जेल सम्म गाँजा खेती नरोकिने भएको हुदाँ लालबन्दी नगरपालिका र वडा सँग समन्वय गरी भारतीय नागरीकलाई पक्राउ गरेर गाँजा खेती बन्द गराउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा एसपी धितालले जानकारी दिनुुभयो ।

Comments
Loading...