आगलागी पीडितलाई सिंह दाजुभाइको व्यक्तिगत सहयोग

लोकप्रिय समाचारदाता

बैशाख २३ सर्लाही । नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह र कांग्रेस मधेश प्रदेशका उपसभापति तथा प्रदेश सरकारका निवर्तमान स्वास्थ्यमन्त्री वीरेन्द्र प्रसाद सिंहले आज बाराउद्योरणका आगलागी पीडितलाई सहयोग गर्नुभएको छ । सिंह दाजुभाईले आफूहरुको व्यक्तिगत तर्फबाट आगलागी पीडितलाई राहत सामग्री प्रदान गर्नुभएको हो । आज बिहान विष्णु गाउँपािलका १ बाराउद्योरणस्थित धनकौल पूर्वारी गाउँमै पुगेर उहाँहरुले ६१ परिवारलाई प्रति परिवार २० केजी चामल, ५ केजी चिउरा, ३ केजी दाल, १ केजी नुन, ६ प्याकेट स्वाबिन, १ लिटर तेल, १ थान झुल, १ थान त्रिपाल, १ थान कम्बललगायतका सामग्री वितरण गर्नुभएको छ । उहाँहरुले पूर्व मन्त्री नागेन्द्र कुमार, जिल्ला समन्वय समितिका सभपाति कौशलकिशोर सिंह, धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहलगायतको उपस्थितिमा पीडितलाई राहत सामग्री प्रदान गर्नुभएको कांग्रेस नेता गजेन्द्र साहले जानकारी दिनुभयो ।

Comments
Loading...