नेपाली गायक रुद्रको ‘पहला प्यार ’  हिन्दी गीत मुम्बईमा सार्वजनिक

संजय मिश्रा

वैशाख २३ रौतहट । नेपाली केटो रुद्र नारायण तिवारीको स्वरमा भारतको फिल्म नगरी मुम्बईमा एक बिशेष समारोहका बिच हिन्दी गीत “पहला प्यार” एलबम सार्वजनिक भएको छ। रौतहटको  कटहरिया नगरपालिका  १ भसेढवा घर भएका युवा गायक तिवारीको स्वरमा सनिवार हिन्दी गीत  ‘पहला प्यार ’ गीत एवं भिडि‌‌ओ सार्वजनिक गरिएको हो ।  फिल्म नगरी मुम्बईमै तयार गरिएको हिन्दी गीत “पहला प्यार” एलबममा अभिनेताको रुपमा रुद्र नारायण तिवारी र अभिनेत्रीको रूपमा सलोनी कुमारीलाई प्रस्तुत गरिएको छ ।गीतको निर्देशन र सम्पादन अनुपम साहले गरेका छन् भने  छायांकन र भिडियो मिक्सिङ रेहान खानले गरेका छन्।

विशेष सहयोगीको रुपमा साजन जैसवाललाई बताईएको छ।

गायक रुद्र नरायण तिवारीले गीत रचना गरेको ‘पहला प्यार …’  बोलको गीतमा प्रेमी-प्रेमिकाबीचको माया-प्रेमलाई झलकाईएको छ । गायक तिवारीले  यसअघि पनि ‘ओ.. माँ’ हिन्दी गीत पुरातात्विक महादेव मन्दिर मौलापुरको बहुचर्चित गीत भोजपुरी भाषामा र ‘ देवा देवाले ’ ‘दो दिल मिल रहा है’  हिन्दी गीत गाईसकेका छन । तिवारी विगत एक दशक देखी भारतको फिल्मी नगर मुंबईमा बशेर गीत संगीतको काम गर्दै आएका छन।

कटहरिया नगरपालिका १ भसेढवा गाउँका राम कमोद तिवारी र मिना तिवारीको दोस्रो सन्तानको रूपमा जन्मिएका रुद्र नारायण तिवारी विधार्थी जीवन देखिनै सांगितिक क्षेत्रमा एउटा स्थापित गायक बन्ने सपना देखेका थिए। आफ्नो सपना पुरा गर्न  नेपाल प्रहरीको जागिर  त्याग गरेर उनी मुम्बई पुगेका हुन्। कक्षा १२ सम्म पढेर बाबु आमाको दवाबमा उनी २०६६ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए।

करिब ५ वर्ष नेपाल प्रहरीमा जागिर संगै काठमाडौँमा संगीतको क्लास समेत गर्दै आएका थिए। रुद्रनारायण संगीतको थप अध्यन गर्न नेपाल बाट मुम्बई जाने सोंच अनुसार

वि. स.२०७१ साल ई. स २०१५ मा सधैंका लागी प्रहरीको जागिरबाट राजिनामा दिएर सपनाको सहर मुम्बई आइपुगेका थिए।

मुम्बईमा सुरु सुरुमा कठिन परिस्थिति हरुको सामना गर्दै,संघर्ष गरेर भएपनि संगीत कक्षा प्रारम्भ गरेको उनी बताउँछन्।, पंडित जसराज स्कुल अफ म्युजिक फाउन्डेसन त्यस पछि अखिल भारतिय गन्धर्व महाविद्यालय मा पंडित मधुसूदन आपटे संग विगत ८ वर्ष  देखी संगीतको साधनामा लिनरहेका थिए। त्यस बीचमा रुद्र  भारतका प्रख्यात गायक/ संगीतकार हरु संग काम गरेको अनुभव सुनाउँछन्।

सन २०१६  मा डाक्टर सागरको शब्द र विपिन पटवाको संगीतमा पहिलो गीत “ओ माँ ” को एलबम सार्वजनिक गरेका थिए।

त्यसपछी हिन्दी,भोजपुरी भाषाको दर्जनौं गीत गाएर अहिले पनि मुम्बईमा आफ्नो संघर्ष जारी राखेका छन।

नेपालबाट मुम्बई पुगेर  संगीत संगै अध्यन गरिरहेका धेरै साथीहरु मध्ये बलिउडका चर्चित गायक कलाकार उदित नारायण झा र एकजना सर्लाहीका  रविराज शाहले पटकपटक सहयोगका साथै अनेक सुझाव र हौसला प्रदान गर्दै आएको रुद्रको भानाई छ। रुद्र सामान्य किसान परिवारका रहेर गायक कलाकार उदित नारायण जस्तो बन्ने सपना बोकेर मुम्बई पुगेका हुन्।

Comments
Loading...