ईश्वरपुरमा ट्याक्टरकाे ठक्करबाट एक युवकको मृत्यु

लोकप्रिय समाचारदाता

मंसिर -२८, जिल्लाको  ईश्वरपुर नगरपालिका -९ पाेखोरी टोलमा बुधवार बिहान ८ बजे ट्याक्टरले ठक्कर दिदाँ एक  युवाको मृत्यु भएको छ।मृत्यु हुनेमा  माेटरसाइकल चालक माेहत्तरी सोन्मा गाउँपालिका -२ का अन्दाजी  ३५ वर्षीय  उदय कु साह रहेका छन् ।उनी पर्सा पर्टेवा सुगौली गाउँपालिका  चि.चु.टा स्वस्थ्य शाखामा कार्यरत रहेको प्रहरीले जनाएको    छ ।मोहनपुर बाट बयलवास तर्फ आउदै गरेको ज ११ प ५८६४ नं.काे माेटरसाइकललाई  बयलवास बाट खोरीटोल तर्फ जाँदै गरेको  प्रदेश २-०३-००१ त २४४० नं.को  ट्रयाक्टले ठक्कर दिदा टाउको,नाक,दाहिने हात,दाहिने खुट्टामा चोट लागि गम्भीर घाइते  भएका साहकाे  सिद्धिबिनायक अस्पताल बयलवासमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर तर्फ पठाइएकोमा बिहान ११ बजे  बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएकाे प्रहरी टाेलिले ठक्कर दिने ट्रयाक्टर , ट्रयाक्टर चालक र माेटरसाइकल नियन्त्रणमा लिई आवश्यक  अनुसन्धान कार्य भईरहेको र लास पोष्टमार्टम पश्चात मृतकको दाईले बुझि लगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Comments
Loading...