ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यू एक जना घाइते

लोकप्रिय समाचारदाता

मसिंर २९ गते । सर्लाहीको ब्रहम्पुरी गाउपालिका–३ स्थित हुलाकी राजमार्ग सडक खण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यू भएको छन भने एक जना घाइते मध्यम घाइते भएको छ ।
आज साझ करिब ३ बजेको समयमा सर्लाहीको पर्सा गाउपालिकाबाट मलंगवा तर्फ जादै गरेको ज.२ त.५२७ नं को ट्याक्टरले विपरित दिशा तर्फ आउदै गरेको BR 30 V 1673 नं को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल सवार रामनगर गाउपालिका ४ बस्ने वर्ष ३१ को संजय मण्डलको दाहिने खुट्टा भाचिएको अवस्था मध्यम रहेको र उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । सोही मोटरसाइकलमा सवार जिल्ला महोत्तरी ईटहरवाकट्टी ७ बस्ने अं.वर्ष ५७ को सुरेन्द्र मण्डल गम्भिर घाईते भई प्रादेशिक अस्पताल मलंगवामा पु¥याउदा डाक्टर द्धारा मृत घोषणा गरेको छ । लाश अहिले अस्पतालमा पोष्टमार्डमको लागी राखिएको सुचना अधिकृत जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्र.ना.उ. बिजय यादवले जनाएको छ ।
घटना लगतै ट्याक्टर चालक फरार भएको छन भने ट्याक्टर र मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखी अनुसन्धान कार्य भइरहेको प्र.ना.उ. बिजय यादवले जानकारी गराएको छ ।

Comments
Loading...