मधेशी आयोगका अध्यक्ष डा.दत्तलाई “कर्ण श्री” उपाधि बाट सम्मान

लोकप्रिय समाचारदाता मंसिर- २४- २०७९

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तलाई कर्ण कुम्भ सम्मेलनमा “कर्ण श्री” उपाधि सम्मान सम्मानित गरिएको छ |कायस्थ जातिको महाभेलाको रुपमा प्रख्यात कर्ण कुम्भ-२०७९ को अवसरमा काठमाडौँको राष्ट्रिय नाचघरमा आयोजित २ दिवसीय विशेष कार्यक्रम बीच अध्यक्ष डा.दत्तको सुशासन तथा शिक्षाको क्षेत्रमा अमुल्य योगदान रहेकोले सो सम्मान प्रदान गरिएको छ |

आयोगका अध्यक्ष डा.दत्तले कायस्थहरु भगवान श्री चित्रगुप्त को सन्तान रहेकोले गर्दा कलम आशिर्वादको रुपमा पाएको र आफुहरु जनसंख्यामा कम भएपनि शिक्षा र सरकारी सेवाको क्षेत्रमा सधै अग्रस्थानमा रहेको बताएका छन् | अध्यक्ष डा.दत्त कायस्थ जातिमा संवैधानिक निकायको प्रमुख पदमा पुग्ने पहिलो व्यक्ति रहेको डा.दत्तको सचिवालयले जानकारी दिएको छ |

सो कार्यक्रममा पुर्व प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, सर्वोच्च अदालतका पुर्व न्यायधिश गिरिश चन्द्रलाल, लोकेन्द्र मल्लिक लगायत कायस्थ जातिका अगुवाहरुको उपस्थिति रहेको थियो।

Comments
Loading...