“उमेर सुहाउँदो जिवन उपयोगी सिप”कार्यक्रम सम्पन्न।

बिबेक कुमार यादब

बागमती सेवा समाज नेपाल र वर्ल्ड भिजन ईन्टरनेसनलको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा समुदायमा संलग्नता स्पोन्सरसिप परियोजना अन्तरगत “Age Appropriate Life Skill Training And Adolescence” अर्थात उमेर सुहाउँदो जिवन उपयोगी सिप सम्बन्धित दुईदिने कार्यक्रम सम्पन्न भएका छन्।उक्त कार्यक्रमको मुल उद्देश्य दर्ता गरिएको बालबालिका(६-१२)हरुलाई खेल,गित,नाचगान,छलफल तथा आदिका माध्यमहरुद्वारा उमेर सुहाउँदो जिवन उपयोगी सिप प्रदान गर्नु हो।

र यसमा बिभिन्न अवस्था बारे जस्तै-विश्वासिलो व्यक्ति पहिचान गर्ने,प्रभावकारी सञ्चार ,राम्रो नराम्रो छुवाई,काम कर्तव्य र अधिकारको बोध,सकारात्मक व्यवहार परिवर्तन जोखिममा पर्दा कसरी सुरक्षित हुने भन्ने बारे दुई दिने तालिम लिए पश्चात दौँतरी सहजकर्ता(peer educatior)६ देखि १२ वर्ष उमेर समुहका हरिपुर्वा र पर्सा गाउँपालिकाका दर्ता गरिएका बालबालिकाहरु लाई संलग्न गराई उक्त दुईदिने कार्यक्रम सम्पन्न गरिएको छ भन्दै बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश बादेले जानकारी दिए।

कार्यक्रममा उपस्थित २० वर्षिय रुपान्तरण सहजकर्ता रिता कुमारी यादव भन्छिन् “हामिले बिगतमा पनि बिभिन्न लागुऔषध,बालबिबाह न्यूनीकरण जस्ता रूपान्तर कक्षाहरु संचालन गरेका थियौ र अब यो उमेर सुहाउँदो जिवन उपयोगी सिप कार्यक्रमको बारेमा जानकारी लिदा यसले पुन समुदायमा गएर सहजकर्ताको रुपमा काम गर्ने छु र यसले बालबालिका मा सकारात्मक परिवर्तन ल्याउने छ भन्दै उनले अभिव्यक्ति राखे।

Comments
Loading...