एकिकृत बिकास संस्थाले गर्‍याे; चतुर्भूजेश्वर बहुमुखी क्याम्पसलाई १६ थान डस्टबिन सहयोग

रबिन्द्र ठाकुर

हरिवन, चैत -९ ,जिल्लाको हरिवन नगरपालिकामा रहेको चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीलाई १६ थान डस्टबिन प्रदान गरिएको छ ।
एक कार्यक्रमका बीच आज (शुक्रवार) एकिकृत बिकास समाज लालबन्दीले फोहर व्यवस्थापन गर्नका लागि चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीलाई १६ थान डस्टबिन प्रदान गरेको हाे ।


डस्टबिन वितरण कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिका प्रमुख रामशरण उप्रेती,क्याम्पस प्रमुख गंगाबहादुर भुजेल, क्याम्पसका प्राध्यापक तथा विद्यार्थिहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा डस्टबिन वितरणले क्याम्पस भित्रको सरसफाईमा सुधार आउने भन्दै, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष उप्रेतीले सहयोगी एकिकृत बिकास समाज लालबन्दीलाई धन्यवाद दिएका संस्थाका सचिव दिवाकर झाले जानकारी दिए ।

Comments
Loading...