खानेपानी लालबन्दीको सातौं साधारणसभा सम्पन्न सर्लाही १० चैत्र

प्रेमनाथ पौडेल

सर्लाहीको लालबन्दीमा खानेपानी उपभोक्ता सरसफाइ संस्था लालबन्दीको सातौं साधारणसभा सम्पन्न  भएको छ । खानेपानी उपभोक्ता सरसफाइ संस्था लालबन्दीको आयोजना तथा प्रदेश सभा सदस्य बेची लुङेलीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न  भएको हो ।


प्रयोग गरौं स्वस्थ्य पानी, स्वास्थ राखौं जिन्दगानी मुल नाराका साथ आज सम्पन्न गरिएको साधारणसभामा वक्ताहरुले संस्थालाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।
साधारणसभामा  अध्यक्ष वेदनाथ पाेख्रेलले अध्यक्षकाे प्रतिवेदन तथा काेषाध्यक्ष डुकेन्द्र खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Comments
Loading...