कार्यपालिकाबाट पारित एन,कानुन, कार्यविधी निर्देशिकाको प्रमाणित प्रतिलिपी माग गर्दै नगरपालिकामा ज्ञापनपत्र

लोकप्रिय अवाज समाचारदाता

माघ १९ हरिपूर्वा । स्थानिय निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधी ले १० महिनामा गरेको कार्यपालिका बैठक बाट कुन कुन एन,कानुन, कार्यविधी निर्देशिका पारित भएको छ भनि त्यसको प्रमाणित प्रतिलिपीको माग गर्दै जनमत पार्टी हरिपूर्वा नगरकार्य समितीले आज सर्लाहीको हरिपूर्वा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापनपत्र बुझाएको छन ।


हरिपूर्वा नगरपालिकाको आ.व.२०७९।०८०मा जनप्रतिनिधी तथा कर्मचारीको नाउमा इन्धन सहित खाजा नास्ता तथा विविधमा के कति खर्च भएको छ त्यसको बिल र्भपाइ सहितको प्रमाणित प्रतिलिपी,नगरकार्यपालिकाको निर्णयबाट कुन शिर्षकमा कति राजस्व संकलन गर्ने त्यसको प्रमाणित प्रतिलिपी,ज्यालादारीमा खटाइएको कामदारहरुलाई कुन कार्य क्षेत्रमा र कति समयको लागी राखिएको र हाल सम्म उहाँहरुलाई कति प्राश्रमिक दिइएको सो को प्रतिलिपी सहित ५ बुंदे सुचानको माग राख्दै ज्ञापनपत्र बुझाएको जनमत पार्टीका युवा नेता राकेश कुमार यादवले वताएको छन ।

Comments
Loading...