सर्लाहीको हरिपुर्वा नगरपालिका मा ६ हजार १ सय २८ मत खस्यो (चुनावी अपडेट )

मुकेश झा बैशाख ३० २०७९

स्थानीय तह निर्वाचन २०७९ को लागि देशै भरी भैरहेको मतदान अन्तरगत सर्लाहीको हरिपुर्वामा शान्तिपुर्वक मतदान भैरहेको अवस्था छ । अहिले ११स्२५ को समय सम्म मा हरिपुर्वा नगरपालिका मा ६१२८ मत खसिसकेको हरिपुर्वा निर्वाचन कार्यालय को प्रमुख शंकर राज लुइटेल ले जानकारी गराउनु भएको छ ।


हरिपुर्वाको वडा नम्बर १ को साबिक गाबिस भवनमा ४२९ मतदान भैसकेको छ । त्यसतै वडा २ को रामजानकी मठ मा ७१०, वडा ३ को उपस्वास्थ्य चौकी मा ४०१, जनता निमाबी डुमरिया मा ३४८ , वडा ५ को सोनफी अधारभुतमा २४३,रामजानकी मठ मा ३५०, केश्वर गरिब जनता माबी मा ५०५, रामजानकी अधारभुत वडा नम्बर ६ मा ८१२ ,वडा नम्बर ७ बसंतपुर साबिक गाबिस भवन मा ४४९, कन्या प्राबी बसंतपुर ८ मा ४४२, वडा नम्बर ९ अलजान अतुल मदरसा बसंतपुर मा २५५ , रामजानकी माबी बसतपुर ४६५, रामजानकी मठ बसतंपुर ९ मा ५२९ मतदान भैसकेको छ ।


हरिपुर्वा नपामा जम्मा मतदाता १९ हजार ९ सय २० रहेको छ । यो हिसाबले ४ घण्टामा ३२५ मत खसिसकेको छ । बिहानै देखि चर्को घाम भएको ले ज्येष्ठ नागरिक तथा अपांग अशक्त लाई उभन गाह्रो भएपनी सुरक्षा कर्मी र मतदानमा खटेको कर्मचारी को सहयोग मा मतदान सहज बतावरण मा भैरहेको सशस्त्र प्रहरिको चुनावी इन्चार्ज उमेश आले ले जानकारी गराउनु भएको छ ।

Comments
Loading...