कौडेनाको छपकहियामा पञ्च कुण्डीय विष्णु महायज्ञ सुरु

मुकेश झा

सर्लाही, ९ फागुन । सर्लाहीको कौडेना गाउँपालिकाको छपकहियामा आजेदेखि ‘पञ्च कुण्डीय विष्णु महायज्ञ एवम् श्री राम कक्षा वाचन’ सुरु भएको छ ।
छपकहियामा आजदेखि सुरु भएको पंच कुण्डीय विष्णु महायज्ञ एवम् श्री राम कक्षा वाचनको उद्घाटनको क्रममा हेलिकप्टरद्वारा पुष्प वर्षा गराइएको छ ।
छपकहियाका स्थानिय वासिन्दा समाजसेवी एवम् व्यापारी रामकेवल साह रौनियारले पंच कुण्डीय विष्णु महायज्ञको अवसरमा आफ्नो व्यक्तिगत लगानीमा हेलिकम्टरद्वारा पुष्प वर्षा गराउनुभएको हो ।


यज्ञको शुभारम्भको अवसरमा आज कलश यात्रा निकालिएको थियो । कलश यात्रामा महिला तथा कन्याहरुको ठूलो संख्यामा सहभागीता रहेको थियो ।
पञ्च कुण्डीय विष्णु महायज्ञ एवम् श्री राम कक्षा वाचन कार्यक्रम आजदेखि ९ दिन सम्म चल्ने जनाईएको छ ।
त्यस्तै यज्ञमा आज सहभागी भएका सम्पूर्ण व्यक्तिलाई मलङ्गवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवको सहयोगमा भोजन गराईएको छ ।

Comments
Loading...