कौडेनामा सुविधा सम्पन्न अस्पताल सञ्चालन पछी स्थानिय हर्षित

बिबेक कुमार यादब

सर्लाही,५ चैत्र । सर्लाहीको कौडैना गाउँपालिका सुविधा सम्पन्न अस्पताल सञ्चालन पछि स्थानियहरु खुसि भएका छन । कौडेना वडा नं. २ फुलपरासीमा १५ शैयाको सामुदायिक अस्पतालले भरपर्दो सेवा सुविधा प्रदान गरेपछि कौडेनाका स्थानियहरुलाई अन्यत्र जानुपर्ने बाध्यता भने अहिले हटेको छ ।कौडेना गाउँपालिका अध्यक्ष रुपेश कुुमारको पहलमा निःशुल्क फार्मेसी सहितको अन्य विभिन्न सेवा प्रदान गर्ने अस्पताल गाउँमै भएपछी स्थानियहरु हर्षित भएका छन ।
कौडेना गाउँपालिका वडा नं. ४ मोतिपुर बस्ने सेवाग्राही रामएकवाल रायले अस्पताल सञ्चालन पछि हामी ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिलाई ठुलो राहत भएको र बाहिर जाने झण्झटबाट मुक्ति मिलेको बताउनुुभयो । पहिला अस्पताल नहुदाँ भारतको सिमापारीमा रहेको अस्पतालहरु, मलंगवा, जनकपुर, भरतपुर, बिरगंज लगायतको ठाउँहरुमा उपचार गराउन जाँदा निकै नै शास्ती खेप्नुपर्ने र महगों शुल्क तिर्नुपर्ने अवस्था थियो अहिले भने पुर्ण रुपमा सहज भएको सेवाग्राही रायले बताउनुुभयो । अस्पताल निजी अस्पतालको सरसफाईको तुलनामा पनि समेत कम नभएको सेवाग्राही रायले बताउनुुभयो ।
अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकबाट दन्त सेवा, आँखा उपचार सेवा, पाठेघरको क्यान्सर स्क्रिनिङ्ग, परिवार नियोजन सेवा, ओपडी सेवा, ईमर्जेन्सी सेवा, गर्भवती तथा ५ वर्ष मुनिका बालबालिकाहरुको लागि निःशुल्क ऐम्बुलेन्स सेवा, अस्पतालमा सुत्केरी गराएका महिलाहरुलाई प्रोत्साहन स्वरुप १ किलो घ्युु तथा हरलिक्स वितरण, बर्थिङ्ग र ईमरजेन्सी सेवा २४ औं घण्टा मेडिकल अधिकृत सहितको टिमबाट प्रदान गरिने गरेको सामुदायिक अस्पतालका प्रमुख डा. रणधिर यादवले जानकारी दिनुुभयो । प्राय जसो अस्पतालमा दैनिक मानसिक तनाव, पेट दुखाई,घाँटी रोग,पखाला, रुघा खोकी, ज्वरो लगायत अन्य बिरामी आउने गरेको अस्पताल प्रमुख यादवले बताउनुुभयो ।
ग्रामिण भेगको अस्पतालहरु मध्येको यो एउटा सुविधा सम्पन्न अस्पताल हो, यो अस्पतालमा प्राय जसो सम्पुर्ण रोगहरुको औषधीहरु समेत प्रदान गरिदै आएको सामुदायिक अस्पताल प्रशासन शाखा प्रमुख रंजित यादवले जानकारी दिनुुभयो । उहाले अहिले हामिले ९८ प्रकारको औषधि निरन्तर रुपमा निःशुल्क वितरण गरिरहेको र थाईराईड बाहेको सम्पूर्ण ल्याब जाँचहरु गाउँकै अस्पतालमा गरिरहेको बताउनुुभयो । स्थानियहरुलाई मलंगवामा रहेको प्रादेशिक अस्पतालको ल्याबको दररेटको तुलनामा पनि सम्पूर्ण जाँचहरु सस्तोमा गरिरहेको प्रशासन प्रमुख यादवले बताउनुुभयो । अस्पताल संचालनमा सेवाग्राहीबाट उठाएको शुल्क प्रयाप्त नभएकाले गाउँपालिकाले पनि सहयोग गर्नेको प्रशासन प्रमुख यादवको भनाइ छ ।


चुुनावमा मत माग्न जाँदा आफुले अस्पताल निर्माण गर्ने प्रतिवद्धता गरेको थिए सोही अनुरुप १५ महिना भित्रमा नै १५ शैयाको पालिकाको बजेटमा अस्पताल निर्माण गरेको कौडेना गाउँपालिका अध्यक्ष रुपेश कुमारले बताउनुुभयो । कौडेनाका निवर्तमान जनप्रतिनिधिहरुले पाँच वर्ष लगभग १५ वटा सुत्केरी मात्र गराएको र स्वास्थ्य संस्थाहरुको अवस्था चिन्ताजनक रहेको हुदाँ आफुहरु निर्वाचित भएपछि अस्पताल निर्माण गरी गाउँपालिकाकै बजेटमा चिकित्सकहरुको तलब प्रदान गरी भरपर्दौ स्वास्थ्य सेवा अस्पतालमा प्रदान गर्न लागिएको अध्यक्ष रुपेशले बताउनुुभयो । ७ महिनामा १ सय भन्दा बढि सुत्केरी महिलाहरुले अस्पतालमै सुत्केरी गराएको तथा अस्पताल सञ्चाल देखिएको जस्तो सुकै चुनौतीहरु आफुु चिर्न तयार रहेको अध्यक्ष रुपेशले बताउनुुभयो ।

Comments
Loading...