बाल बिबाह मुक्त गर्न हरिपुरमा सन्दर्भ संवाद कार्यक्रम गरियो

रबिन्द्र ठाकुर

सर्लाही,५ चैत्र। सर्लाहीको हरिपुर नगरपालिका बाल बिबाह मुक्त गर्न सन्दर्भ संवाद कार्यक्रम गरिएको छ।
हरिपुर नगरपालिकाको समन्वय, सेभ दी चिल्ड्रेनको सहयोग तथा ग्रामीण उत्थान संघ हरिपुरको आयोजनामा हामी सबैको एउटै सुर, बाल बिबाह मुक्त हाम्रो हरिपुर मुल नाराका साथ आज सन्दर्भ संवाद कार्यक्रम गरिएको छ ।

बाल बिबाह भएपछि किशोरीहरुको प्रजनन अङ कमजोर हुने तथा परिवार नियोजनका साधन प्रयोग गर्न लजाउने भएको हुदा बच्चा जनमाएको एक वर्षमा नै अर्को बच्चा पाउने गरेको हुदा बाल बिबाह अन्तय नै गर्नुपर्ने चिकित्सक विकाउ यादवले बताउनुभयो ।

बाल बिबाह २०३० सम्म अन्तय गर्ने नेपाल सरकारको लक्ष्य रहेको हुदा सबै मिलेर बाल बिबाह अन्तय गर्न पहल गर्नुपर्ने ग्रामीण नारी उत्थान संघ हरिपुरका परियोजना संयोजक सृजना बस्नेतले जानकारी दिनुभयो ।

बाल बिबाह गरेको सबैलाई जानकारी हुन्छ तर तर जानीजानी कसैले केही भन्दैन, सबैले सोही समयमा चासो देखाए भने बाल बिबाह रोक्न सकिने कार्यक्रमका सहभागी अच्युत मैनालीले बताउनुभयो ।

नगर प्रमुख गोपाल पजियारले कानुन फितलो देखिएकोले बाल बिबाह हुने गरेको बताउनुभयो ।बाल बिबाह भएपछी उजुरी गर्दा पनि प्रशासनले कुनै कार्वाही नभएको उदाहरण भएको हुदा बाल बिबाह हुने गरेको उहाले बताउनुभयो । बाल बिबाह गर्नु भनेको कानुनी अपराध हो र बाल बिबाहले सबै क्षेत्र प्रभाव पार्ने भएको हुदा बाल बिबाह न्युनिकरण गर्न आफुले सक्दो पहल गर्ने नगर प्रमुख पजियारले बताउनुभयो ।

कार्यक्रममा नगर उप प्रमुख निलम देवी राय यादव, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतो,ग्रामीण नारी उत्थान संघ हरिपुरका निर्देशक डां कमल थिङ,संस्थापक सदस्य तथा उपाध्यक्ष विष्णु चालिसे,प्रहरी, बाल क्लबका प्रतिनिधि लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...