स्वदेशी महको उचित व्यवस्थापन नभए कडा आन्दोलन गर्ने किसानको चेतावनी

लोकप्रिय समाचारदाता

स्वदेशी महको उचित व्यवस्थापन नभए कडा आन्दोलन सर्लाही,१३ चैत्र । “दैनिक गरौं मह सेवन, हुन्छ स्वास्थ्य दीर्घ जीवन”भन्ने नाराको साथ सर्लाहीमा १८ औं राष्ट्रिय मह दिवस मनाइएको छ।

नेपाल मौरीपालक महासंघ सर्लाही शाखाको आयोजनामा जिल्लाकाे हरिवन नगरपालिका वडा नं-११काे सभा हलमा कार्यक्रम गरिएको हाे ।

कार्यक्रममा वक्ताहरूले महकाे उपयोगीता र यसले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका विषयमा आफ्नो धारणा राखेका थिए ।
आफ्नो स्वास्थ्य आफ्नै हातमा, शुद्ध मह सधैं साथमा, खाऔं आफ्नो बारीको, नखाऔं सिमा पारीको भन्ने कार्यक्रमकाे मूल नारा रहेको थियो ।
सर्लाहीमा करिब ३ सय जना माैरीपालक किसान रहेका  भए पनि  १ सय जना सक्रिय रहेका नेपाल मौरीपालक महासंघ सर्लाहीका अध्यक्ष डम्बरदेव पाण्डेले जानकारी दिए ।
उनका अनुसार सर्लाहीमा वार्षिक सालाखाला २ सय मेक्ट्रिकटन मह उत्पादन हुने गरेको छ।
उत्पादित मह सर्लाही सहित काठमाडौं देशका अन्य स्थानमा पुग्ने गरेको नेपाल मौरीपालक महासंघका केन्द्रीय सदस्य  हेमराज देवकोटाले जानकारी दिए ।

उनका अनुसार विगतका वर्षमा सर्लाहीमा वार्षिक ७ सय ८० मेक्ट्रिकटन सम्म मह उत्पादन हुने गरेकाे र उत्पादित मह डावर नेपाल र सालट्रिनिङलाई बिक्रीवितरण गरिएको थियो ।
जलवायु परिवर्तन,वन विनाश (डडेलाे) र किसान प्रति राज्यले गर्ने गरेकाे बेवास्ताका कारण मह उत्पादनमा ह्रास आएको केन्द्रीय सदस्य देवकोटाले बताए ।

पछिल्लो समय तेस्रो मुलुकबाट  निर्बाधरूपमा भित्रने गरेको मह जस्तै गुलियो पदार्थका कारण यहाँका किशानले महकाे उचित मूल्य प्राप्त गर्न नसकेको माैरी किसानहरूले बताए ।
नेपालमा यश वर्ष  ३ हजार ३५ सय मेक्ट्रिकटनको हाराहारीमा मह उत्पादन भएको छ ।
यहाँ  वार्षिक ८ हजार  मेक्ट्रिकटन भन्दा बढी महकाे माग रहेको छ ।

राजनीतिक दलका झाेले र कर्मचारीका दलेहरूका कारण राज्यले दिने अनुदान प्रभावित हुदा यहाँका वास्तविक किसान प्रभावित भएका र नेपाली नागरिक मह जस्तै देखिने गुलियाे पदार्थमा खान बाध्य भएका माैरी किसान  देवकोटा बताउनुहुन्छ ।

आफुहरुको उत्पादन विस्थापित गर्ने गरि भारतीय मह जुन तरिकाले नेपालमा भित्रिएको छ बन्द भएन भने कडा आन्दोलन गर्ने उहाले बताउनुभयो ।

राज्यले मह उत्पादनमा गर्न ठोस निति ल्याएर नेपाली मह विदेशी बजारमा  निर्यात गर्नुपर्ने  मौरी पालक किसानहरुको माग रहेको छ ।

मह दिवस कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख कमल बुधाथोकी, उप प्रमुख हरिमाया घलान लगायत सर्लाही भरीका मौरी पालक किसानहरुको सहभागीता रहेको थियो ।

Comments
Loading...