जनता समाजवादी पार्टी नेपालको हरिपूर्वा नपामा बिशाल चुनावी आमसभा

मुकेश झा बैशाख २७

स्थानिय तह निर्वाचन २०७९ को मौन अवधी आज १२ बजे राती देखि शुरु भइरहेको छ । अर्थात अब निर्वाचनको ७२ घण्टा मात्र बाकि रहेको ले आज दिन भरी बिभिन्न पार्टीहरुको जुलुस तथा आमसभा सम्पन्न भएको छ । यसै अन्र्तगत सर्लाहीको हरिपूर्वा नगरपालिकामा जनता समाजवादी पार्टी नेपालको बिशाल जुलुस तथा चुनावी आम सभा सम्पन्न भएको छ ।


सघिंय कृषि मन्त्री तथा जसपाको नेता महेन्द्र यादबको नेतृत्वमा छाता छापमा आफनो मतदान गर्नको लागी जनता सगं अपिल गर्दै आमसभा लाई सम्बोधन गर्नुभएको छ । हरिपूर्वा नगरपालिकाको नया बजारबाट शुरु भएको जुलुसमा सर्लाही जिल्ला भरीको पार्टीको कार्यकर्ताको उपस्थिती रहेको थियो ।

हरिपूर्वा नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल बाट योगनारायण राय नगर प्रमुखमा उमेदवारी दिनुभएको छ । त्यसतै उपमेयरमा सुनिता देबी राय,वडा १ बाट रामबिश्वास राय,२ बाट सुरेन्द्र राय,३ बाट प्रमोद राय,४ बाट अनिल कुमार यादव,५ बाट मोहन राय,६ बाट राम स्वार्थ राय,७ बाट उमेश राय,८ बाट झगरु राय यादव, तथा वडा ९ बाट दिल मह्मद मियाले वडाध्यक्षमा उमेदवारी दिएका छन ।

Comments
Loading...