हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत १ लाख नगद सहित सम्मानित

मुकेश झा बैशाख २५ गते

सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना कर्मचारी पुरस्कृत भएका छन ।नगरपालिकामा उत्कृष्ट कार्य गरेको भन्दै हरिपुर्वा नगरपालिकाले आईतवार ४ जना कर्मचारीलाई सम्मान गरेको हो।

सम्मानित हुनेहरुमा प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाललाई नगद रु १ लाख प्रशंसा पत्र,प्रशासकीय अधिकृत कुमार परियार नगद ४० हजार सहित प्रशंसा पत्र ,, चौथो तहका कर्मचारी दिपेन्द्र कुमार राय नगद ३० हजार प्रशंसा पत्र, कार्यलय सहयोगी उपेन्द्र रायलाई नगद २० हजार सहित प्रशंसा पत्र मायाको चिनो सहित पुरस्कृत भएको हरिपुर्वा नगरपालिकाले जनाएको छ। त्यस्तै समानित हुनेहरुमा सुरक्षा व्यवस्थामा राम्रो पहल गर्नुभएकोमा सग्राम्पूर शस्त्रवल प्रमुख गंगाराम कार्की,हरिपूर्वा प्रहरी चौकि इन्चार्ज,५ बर्षे कार्यकाल बिना विबादित समाप्ती गरेकोमा कार्यपालिका सदस्यहरु लाई समेत मायाको चिनो सहित सम्मान गरिएको छ ।


नगरपालिका पदाधिकारीहरुको विदाई तथा कर्मचारी पुरस्कार वितरण कार्यक्रम पालिकाको ४ जनै कर्मचारी सम्मानित भएको हो।
हरिपुर्वा नगरपालिकाका कार्यबाहक नगर प्रमुख चन्द्रकला देवी सुडीको अध्यक्षता तथा निबर्तमान नगरप्रमुख सियाराम रायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ९ वटै वडा तथा नगरपालिकाका सम्पुर्ण पदाधिकारीहरुको विदाई गरिएको हरिपुर्वा नगरपालिकाले जनाएको छ ।

Comments
Loading...