जिल्लाको ५० भन्दा बढी सहकारीकर्मी लाई कर्जा जोखिम व्यवस्थापन सम्बन्धि २ दिने तालिम प्रदान

मुकेश झा

हरिवन १२ असार । राष्ट्रिय सहकारी बैंक लिमिटेड हरिवन शाखाको आयोजनमा सर्लाही  कार्यक्षेत्र बनाएर काम गर्ने  सञ्चालित सहकारी संस्थाको ऋणउप समिती संयोजक , कर्जा सहायक, कर्जा अधिकृत , ब्यवस्थापक सहितको  क्षमता अभिवृद्धि गराउन कर्जा लगानी तथा जोखिम व्यवस्थापन दुई दिने  तालिम मंगलबार  सम्पन्न भएको छ ।

लघुवित्त तथा उद्यम उपसमितिका सदस्य भरत शाहको  प्रमुख आतिथ्यतामा भएको तालिम समापन समारोहको अध्यक्षता हरिवन शाखा समन्वय उपसमितिका संयोजक केशव प्रसाद ढकालले गर्नु भयो ।


दुई दिने तालिममा सहकारी संस्थामा बढदो खराव कर्जाको व्यवस्थापन, कर्जा लगानि गर्दा दिनुपर्ने ध्यान , कर्जा असुलिको मुख्य तरिका, सहकारी को कर्जा निति, कर्जा असुली नीति , भाखा नाघेको कर्जा असुली गर्न अपनाउनु पर्ने एन नीति र कानुनी उपचार, ऋण असुलिका उपायहरु, ऋणको वर्गीकरण , धितो मुल्यांकन , जोखिम पहिचान र त्यसको व्यवस्थापन सहित विभिन्न आवश्यक बिषयहरुमा प्रशिक्षक राज कुमार बरालले सहभागीहरुलाइ जानकारी गराउनु भएको छ ।

देशै भरी सहकारीमा अहिले सदस्यहरूमा अनियमित कर्जा लगानी र कर्जा असुलीमा देखिएको समस्या ले पछिल्लो दिनमा सहकारी संस्थाको अवस्था बिग्रदै गएको छ । सर्लाही मा अहिले यस्तो अवस्था न आएपनि सहकारी जोगाउन अग्रिम तयारी तथा कर्जा लगानी र असुलीमा संचालक समिती तथा व्यवस्थापन समितिको मुख्य चासो हुनु जरुरी भएकोले राष्ट्रिय सहकारी बैंकले तालिमको आयोजना गरि थप उर्जा प्रदान गरेको भाग्यश्री बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक हरिनारायण महतो ले बताए ।

राष्ट्रिय सहकारी बैंकको हरिवन शाखाका प्रमुख नारायण लामिछानेको सञ्चालन भएको तालिम समापन समारोहमा सहभागीहरूले तालिम निकै उपयोगी भएको भन्दै बैंकलाई धन्यवाद दिएका थिए, आगामी दिनमा पनि क्षमता विकास हुने खालको तालिम सञ्चालन गर्न बैंकलाई अनुरोध गरेका छन् ।

Comments
Loading...