Warning: session_start(): open(/tmp/sess_4b378kbl9fdallv12ln67ag4u7, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
दुई बर्ष पछि हरिपूर्वा नगरपालिकामा रहेको बाघ वाला मन्दिरमा नियमित पुजा हुने – lokpriyaawaj

दुई बर्ष पछि हरिपूर्वा नगरपालिकामा रहेको बाघ वाला मन्दिरमा नियमित पुजा हुने

मुकेश झा ०१ - २०७७ - कार्तिक

सर्लाहीको हरिपूर्वा नगरपालिकामा रहेको सबै भन्दा पुरानो रहेको बाघ बला मन्दिर बिगत दुई बर्ष देखि बन्द रहेको बेला हरिपूर्वा नगर प्रमुख सियाराम राय तथा नागरिक समाज अगुवाहरुको अगुवाईमा शनिबार देखि नियमित पुजापाठ हुने भएको छन ।
बि सं २००५ सालमा स्थाप्ना भएको मन्दीर बाघ बला मन्दिर को नाउमा पुरै मिथिलामा परिचित रहे पनि बिगत २ दशक भित्रमै मन्दिरको अस्तित्व नै समाप्त भएको हरिपूर्वा नपा–५ बस्ने रामशिस साहले बताएको छन । बाघ बाला मन्दिरको आफ्नै स्वामित्व भएको २२ बिघा जग्गा रहेपनि हाल उक्त जग्गा र त्यसबाट आउने आम्दनी को अतो पतो र हिसाब समेत नरहेको ले प्रसिद्ध मन्दिर भएपनी भगवान र पुजारीको खर्च समेत जुटाउन न सक्दा बिगत लामो समय देखि बन्द नै रहेको छ ।
करोड भन्दा बढिको सम्पति रहेको उक्त मन्दिरलाई हरिपूर्वा नगरपालिका ले आफ्नो पहलमा खोलाएको र बिस्तारै हर हिसाब बुझि मन्दिरलाई थप ब्यबस्थित बनाउन तयार रहेको नगर प्रमुख सियाराम रायले बताउनु भएको छ ।
झन्डै २ बर्ष पछि खुलेको मन्दिर लाई आज सर सफाई गरि बिषेश पुजा आर्चनाको साथ राम भगवान तथा सिता मातालाई पुजारी जनक दासद्वारा स्थापित गराइएको वडाध्यक्ष बिजय कुमार यादवले बताएको हुन ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_4b378kbl9fdallv12ln67ag4u7, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0