नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज मधेश प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा रामछबिला राय चयन

मुकेश झा २०७९ माघ ३ गते

जनकपुरधाम । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज मधेश प्रदेशको प्रथम अधिवेशन माघ २ गते जनकपुरको जिरोमाइल स्थित रहेको अन्नपूर्ण  होटेलमा सम्पन्न भएको छ ।
आयुर्वेद स्वास्थ्यकर्मी समाजको केन्द्रिय सदस्य सरोज रायको अध्यक्षतामा सम्पन्न अधिवेशन को प्रमुख आतिथ्य मा मधेश प्रदेश माननीय रामासिश राय रहनुभएको थियो ।
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज मधेश प्रदेशको पहिलो अधिवेशनबाट सोनिगामा आयुर्वेद हंसपुर धनुषामा  कार्यरत वरिष्ठ कविराज निरीक्षक राम छबिला रायको अध्यक्षतामा १३ सदस्यीय समिती चयन भएको छ ।
समितिको उपाध्यक्षमा मनोज कुमार महतो तथा सुबोध राय यादव चयन भएको छ । त्यस्तै कार्य समिति को सचिव पदमा सर्लाहीको पर्सा गाउपालिकामा कार्यरत कबिराज निरीक्षक नवीन यादब निर्वाचित हुनुभएको छ ।
कोषाध्यक्षमा श्री राम साह, सदस्यहरूमा सर्लाही बाट कृष्ण कुमार यादब, महोत्तरी बाट राम एकवाल मंडल, सिरहा बाट राकेश कुमार यादब , पर्सा बाट दिनेश साह , रौतहट बाट , विश्वनाथ चौधरी, पंकज राज चौहान , सप्तरी बाट प्रमोद यादब , तथा धनुषाबाट सबिता ठाकुर रहेकी छिन । निर्वाचित पदाधिकारीहरु लाई प्रमुख आतिथी एवं कार्यक्रम अध्यक्षले प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
Comments
Loading...