नेपाल कुशवाहा क्ल्याण समाजको अधिवेशनमा ८५ जनाले गरे रक्तदान

मुकेश झा

लालबन्दी – सर्लाहीको लालबन्दीमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन् ।

नेपाल कुशवाहा कल्याण समाज सर्लाहीको छैंठौँ जिल्ला अधिवेशनको अवसरमा लालबन्दी नगरपालिका–७ स्थित लालबन्दी पार्टी प्यालेसको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी सर्लाहीसँग समन्वय गरी रक्तदान कार्यक्रम राखिएको नेपाल कुशवाहा कल्याण समाज सर्लाहीले जनाएको छ ।

समाजको जिल्ला अधिवेशन अन्तर्गत उद्घाटन सत्र सकिएर शनिबार साँझ अबेरसम्म बन्दसत्र जारी छ । नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सक्किने छ ।

अधिवेशनको जिल्ला अध्यक्ष लक्ष्मण महतोको अध्यक्षतामा केन्द्रीय अध्यक्ष तपेश्वर महतोले उद्घाटन गरेका हुन् ।

सम्भार – उज्यालो अभियान

Comments
Loading...