राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र द्वारा हरिपूर्वा तथा पर्साको बर्थिगं सेन्टरलाई स्वास्थ्य समाग्री बितरण

रबिन्द्र ठाकुर

सर्लाही २० गते । वलर््ड भिजन इन्टरनेशनल नेपाल र राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र RRPK को संयुक्त साझेदारीमा संचालित एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्र्तगत हरिपूर्वा नगरपालिका र पर्सा गाउपालिकामा संचालनमा रहेको बर्थिगं सेन्टरहरुमा स्वास्थ्य समाग्री हस्तानाण्तरण गरिएको छ

सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ तथा हरिपूर्वा नगरपालिका वडा नम्बर ३ मा रहेको बर्थिगं सेन्टरलाई २ लाख ९७ हजार १ सय ८८ रुपैया बराबरको स्वास्थ्य समाग्री राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्रद्वारा प्राप्त भएको हरिपूर्वा नगरपालिका स्वास्थ्य हाखाको संयोजक रामएकवाल रायले बताए । त्यस्तै पर्सा गाउपालिका वडा नम्बर ५ मा रहेको बर्थिगं सेन्टरलाई १ लाख ७ हजार ८ सय ९४ रुपैया बराबरको स्वास्थ्य समाग्री वडाध्यक्ष अनिल यादवलाई हस्तनाणतरण गरिएको राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्रले जानकारी गराएको छ

स्वास्थ्य सेवा तर्फ राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र द्वारा विभिन्न समयमा भइरहेको सहयोगले स्वास्थ्य सेवा झन प्रभावकारी भएको स्वास्थ्य शाखाको संयोजक रामएकवाल रायले बताए ।

Comments
Loading...