पर्सा गाउँपालिकामा बाल संरक्षण याेजनाकाे लागि दुई दिने कार्यशाला गाेष्ठी सम्पन्न

लोकप्रिय समाचारदाता पौष २२ सर्लाही

पर्सा गाउँपालिकामा बाल संरक्षण याेजनाकाे लागि दुई दिने कार्शाला गाेष्ठी पाै २१ र २२ गते सम्पन्न भएको छ ।कार्यक्रम पर्सा गाउँपालिकाले बाल अधिकार सम्बन्धि कार्यविधि यश अघि नै निर्माण गरिसकेकाे छ । साे कार्यविधिलाई कार्यन्वयन गर्न बाल संरक्षणका ३० भन्दा बढी विषयहरूमा कार्यक्रम, सम्पन्न गर्ने समय सिमा र लागत अनुमान सहितकाे कार्य याेजना खाका निर्माण गरिएकाे छ । चालू आर्थिक वर्षमा गाउँपालिकाकाे ३० कराेड भन्दा बढी बार्षिक बजेट मध्ये १५ लाख ३० हजार छुट्याइएको छ । साे खेस्रा कार्य याेजनाले ८६ लाख भन्दा बढी लागत अनुमान तयार गरेकाे छ । कार्यशालामा पालिकाका अध्यक्ष, उपाध्यक्ष, पालिकाका एउटा वडाका वडा अध्यक्ष बाहेक सबै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सबै सदस्यहरू, महिला तथा बालबालिका शाखाका प्रमुख, स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख, बाल अधिकार समितिका सदस्यहरू बाल सञ्जालका प्रतिनिधि, स्थानीय प्रहरी चाैकी प्रमुख लगायतकाे सहभागिता थियाे । बाल अधिकार विज्ञ मधु दवाडीले सहजिकरण गर्नु भएकाे साे कार्यक्रम पर्सा गाउँपालिकाकाे समन्वय, बागमती सेवा समाज नेपालकाे आयाेजना र वल्र्ड भिजनकाे आर्थिक बाल संरक्षण तथा समुदाय संलग्नता स्पाेन्सरसीप परियाेजना अन्तर्गत सम्पन्न भएकाे परियाेजना संयाेजक प्रमेश बादेले जानकारी दिनु भयाे ।

Comments
Loading...