हरिपुर्वा नगरपालिकामा समावेशी शिक्षा नीति सम्बन्धीे अभिमुखिकरण

लोकप्रिय अवाज समाचारदाता २०७९ पौष २२

    हरिपुर्वा २२ । अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र सर्लाहीको साझेदारीमा सञ्चालित “समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना” अन्तर्गत हरिपुर्वा नगरपालिकामा स्थानीय तहका सरोकारवालाहरुलाई समावेशी शिक्षा नीति सम्बन्धीे अभिमुखिकरण सम्पन्न भएको छ ।                             हरिपुर्वा नगरपालिका ५ स्थित रहेको सोन्फी प्रा बि मा सप्पन्न अभिमुखिकरण कार्यक्रममा हरिपुर्वा नगरपालिका नगर प्रमुख विनोद कुमार साह, प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अपाङ्गता व्यक्ती लगायत रुपान्तरण कक्षाका बालबालिकाहरुको उपस्थितीमा शिक्षा शाखा प्रमुख जनक काफ्लेले सहजीकरण गर्नुभएको थियो ।

Comments
Loading...