पर्सा गाउपालिकामा बाल विवाह बिरुद्ध जनचेतनामूलक “सडक नाटक”

मुकेश झा

मंसिर २७ पर्सा ।बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरशिप परियोजना कार्यक्रम अन्तर्गत सर्लाहीको पर्सा गाउपालिकामा रुपान्तरण तालिमका सहजकर्ता, बालक्लवका का सदस्यद्वारा बाल विवाह तथा महिला हिंसा विरुद्ध “सडक नाटक” प्रस्तुत गरेको छन ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र बागमती सेवा समाजको सहयोग तथा पर्सा गाउपालिकाको समन्वयमा बाल संरक्षण तथा बाल स्पोंशरशिप परियोजना अन्तर्गत वडा नम्बर ३ नारायणपुर तथा वडा नम्बर ४ कबिलासि टोलको लक्षित समुदायको टोलमा बाल कलाकार तथा किशोरकिशोरीद्वारा सडक नाटक प्रस्तुत गरिएको बागमती सेवा समाजका पर्सा गाउपालिका का समाजिक परिचालक नवलकिशोर साहले जानकारी गराए ।
सडक नाटकको दृष्य हेर्न वडा भित्रका स्थानीयको उपस्थिति रहेको थियो

Comments
Loading...