शितलपुरमा विद्यार्थीलाई स्कूल ड्रेस वितरण

लोकप्रिय समाचारदाता

मंसिर २७ सर्लाही, सर्लाहीको पर्सा गाउँपालिका–१, शितलपुर स्थित रहेको प्राथमिक विद्यालयका विद्यर्थाीलाई मङ्गलवार स्कूल ड्रेस वितरण गरिएको छ ।
विद्यालय प्राङ्गनमा मङ्गलवार एक समारोहका बीच गाउँपालिका अध्यक्ष धिरेन्द्र यादवले विद्यार्थीहरुलाई स्कूल ड्रेसको कपडा वितरण गर्नुभएको थियो ।
पर्सा गाउँपालिकाको आर्थिक सहयोगमा दुई सय ७० जना छात्र छात्रालाई स्कूल ड्रेसको लागि कपडा वितरण गरिएको सूचना प्रविधि अधिकृत विमलेश यादवले जानकारी दिनुभयो ।


स्कूले ड्रेस वितरण कार्यक्रममा वडा अध्यक्ष सतेन्द्र यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र राय यादव, प्रधानाध्यापक सुशिल यादव लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको उद्घोषण राजेन्द्र यादवले गर्नुभएको थियो ।
पर्सा गाउँपालिकामा रहेको ८ वटा सामुदायिक विद्यालयमा करिब ४७ विद्यार्थी अध्ययनरत रहेको सूचना प्रविधि अधिकृत यादवले जानकारी दिनुभयो ।

Comments
Loading...