पर्सा गाउपालिकामा हरेश्वर महतोको अध्यक्षतामा नगरस्तरिय बाल क्लव गठन

मुकेश झा

सर्लाहीको पर्सा गाउपालिकाको आयोजना तथा वागमती सेवा समाज नेपाल तथा वल्र्ड भिजन इन्टरनेशलको सहयोगमा हरेश्वर महतो को अध्यक्षतामा पहिलो नगरस्तरिय बाल क्लव गठन भएको छ । पर्सा गाउपालिका को सभा हलमा सम्पन्न नगरस्तरिय वाल भेला तथा अन्तरक्रिया कार्यक्रममा पर्सा वडा नम्बर १ देखी ६ नम्बर मा गठित वडा वालक्लवहरु को सदस्यबाट ११ सदस्ययी नगरस्तरिय वालक्लव गठन गरिएको छ ।


क्लवको अध्यक्षमा हरेश्वर महतो ,उपाध्यक्षमा चान्दनी मंडल ,सचिवमा रोशनी खातुन ,कोषाध्यक्षमा आतीश कुमार शर्मा , तथा सह सचिवमा अश्मीता कुमारी चण्डारी लगायत ११ सदस्य गठन भएको बागमती सेबा समाजमा कार्यरत संजिव झाले बताउनु भयो ।

वडा नम्बर ३ को वडाध्यक्ष को अध्यक्षतामा सम्पन्न नगरस्तरिय बाल भेला कार्यक्रमको प्रमुख आतिथीको रुपमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम रहनुभयो ।बिष्टि आतिथीको रुपमा जिल्ला प्रहरी प्रमुख प्रबिण पोखरेल, अनुसंधानको एस पि चन्दन झा कार्यक्रममा आतिथीको रुपमा बागमति सेवा समाजको अध्यक्ष भरत कुमार कार्की,वडाध्यक्षहरु, बागमती सेवा समाजको कार्यक्रम संयोजक प्रमेश बाडे सहित को उपस्थिती रहेको थियो ।


कार्यक्रममा उपस्थित बिभिन्न वालवालिकाले कार्यक्रममा उपस्थित बिभिन्न क्षेत्रको प्रतिनिधीहरु संग वालवालिका सगंको र्दुव्यवहार,बालविवाह न्युनिकरण,लागुपदार्थ नियण्त्रन तथा वालवालिकाको हक अधिकार र समस्या बारे प्रश्न गरेको र सम्बन्धित प्रश्नको जवाफ उपस्थित वक्ताहरुले दिनुभएको संयोजक प्रमेश बाडेले बताउनुभयो ।

Comments
Loading...