सिकाई परियोजनाद्वारा हरिपुर्वा नगरपालिकामा बालमैत्री अपाङ्गतामैत्री शौचालय हस्तान्तर

लोकप्रिय अवाज समाचारदाता

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल र विश्व शिक्षाको प्राविधिक सहयोग र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रसँगको साझेदारीमा सञ्चालित “सिकाई परियोजना” अन्तर्गत हरिपुर्वा नगरपालिकाको श्री राष्ट्रिय आधारभूत विद्यालय, हरिपुर्वा नगरपालिका वाड नं–३, धनकौलमा रु. १३,७४,०२१ को लागतमा बालमैत्री, अपाङ्गतामैत्री तथा लैङ्गिकमैत्री पक्की शौचालय भवन निर्माण कार्य सम्पन्न भएको छ ।

हस्तान्तरण कार्यक्रममा हरिपुर्वा नगरपालिकाको नगर प्रमुख विनोद कुमार साह, वडा अध्यक्ष राम सोगारथ राय, नोखेलाल राय, पूर्व वडा अध्यक्ष धर्मराज सिंह, शिक्षा शाखा प्रमुख जनक काफ्ले, राष्ट्रिय आधारभूत विद्यालयका प्र.अ. हरिनरायण कुशवाहा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश साह र आ.आर.पि.के का संरक्षण संयोजक नागेन्द्र प्रसाद शाह लगायत अभिभावक, शिक्षक, विधार्थी तथा कर्मचारीहरु को उपस्थिती थियो ।
हरिपुर्वा नगरपालिकाको नगर प्रमुख विनोद कुमार साहले शौचालय भवन उद्घाटन गर्नु भएको थियो ।

आर आर पि.के संस्थाका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले शौचालय भवन निर्माणमा लागेको खर्च प्रस्तुत गरि लेखा परिक्षण गराउनु भएको थियो । साथै मर्मत सम्भार निर्देशिका र सरसफाई बारे बृहत छलफल गर्नु भएको थियो ।

Comments
Loading...