पाठेघरमा धुवाँधुलोको संक्रमणबाट बचाउन धुँवा रहित आधुनिक जापनिज स्टोभ वितरण

मुकेश झा

पाठेघरमा धुवाँधुलोको संक्रमणबाट बचाउन उदयपुर जिल्लाका चौदण्डी नगरपालिकाका १९ जना, रौतामाई गाउपालिकाका १९ जना तथा वेलका नगरपालिकाका ४१ जना गरि जम्मा ७९ जनालाई धुँवा रहित आधुनिक जापनिज स्टोभ वितरण गरिएको हो ।

ADRA नेपालको सहयोग तथा बागमती सेवा समाज नेपालको सहजीकरणमा सुनसरी तथा उदयपुर जिल्लामा रहेका गरिव तथा स्वास्थ्य सेवामा पहुच कम भएका महिलाहरु लाई लक्षित गरि संचालन गरिएको पाठेघर परिक्षण तथा उपचार अन्तर्गत कार्यक्रमबाट लाभान्वित भएकालाई दाउराको प्रयोग गरी उत्पन्न हुने धँुवा, धुलो तथा दाउराको भारी वोक्दा पाठेघरमा अझ वढि समस्या आउन सक्ने हुँदा सो समस्याहरुलाई न्यूनिकरण गर्न धुँवा रहित आधुनिक जापनिज स्टोभ वितरण गरिएको छ ।

त्यस्तै सुनसरी जिल्लाको कोशी गाउँपालिकाका १८ जना र भोक्राहा नरसिंह गाउँपालिकाका २९ जना गरी जम्मा ४७ जना महिलाहरुलाई वितरण गरिएको बागमती सेवा समाज नेपालको सर्लाही संयोजक प्रमेश वाडेले बताए ।

सम्वन्धित पालिकाको सहकार्यमा कोशी प्रदेशमा १२६ जना महिलाहरुलाई स्थानीय पालिकाहरु, पत्रकार तथा सम्वन्धित निकायसँग समन्वय गरी जापानिज प्रविधीको स्टोभ वितरण गरिएको हो । ४ लिटर सम्मको क्षमता भएको अति आधुनिक चुल्हो धुँवा रहित, सरल तथा सहज रुपमा प्रयोग गर्न सकिने बागमती सेवा समाजका कार्यकारी निर्देशक निरज भण्डारीले जानकारी दिए ।

Comments
Loading...