हरिपूर्वा नगरपालिकामा आज बिहानै देखि बजार व्यव्साय तथा यतायात ठप्प

मुकेश झा २०७९ चैत्र ०६

हरिपूर्वा ६ चैत । हरिपूर्वा नपा सर्व दलिय संघर्ष समिती द्वारा आफनो ९ बुदें माग सहित आज हरिपूर्वा नगरपालिका भित्रको बजार व्यवसाय तथा यतायात पुर्णरुपमा बन्द गराएको छ । नगरपालिकाको आफ्नो जग्गामा प्रशासकिय भवन बनाउ, प्रहरी चौकिको जग्गा खरिद भएको जग्गामै प्रहरि चौकी निार्मण गर ,नारायण दास मठ मन्दिरको जग्गा फिर्ता गर,बाके संग्राम्पुर सडक खण्डको अधुरो सडक निर्माण गर, पुरानो बजारको जग्गा छुटियाउ सहित ९ बुदें माग सहित आइतवार बिरोध प्रदर्शन गरिदै नगर परिक्रमा गरेको थियो ।

सर्वदलीय संघर्ष समितिका अध्यक्ष विकाउ यादवको नेतृत्वमा भएको विरोध प्रदर्शन तथा बजार व्यवसाय बन्दमा नेकपा एमाले,नेपाली कांग्रेश,माओवादी,जसपा,लोसपा,नेसपा, जनमत पार्टी सहितको प्रतिनिधीहरु को सहभागीता रहेको छ ।

Comments
Loading...