सर्लाहीमा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

मुकेश झा

सर्लाही,१७ भदौ। सर्लाहीको मलंगवा नगरपालिकामा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ। बैठकमा बाल संरक्षण समुदाय संलग्नता स्पोन्सरशीप परियोजना, सिकाई परियोजना, एकीकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना तथा उज्वल बालबिकासका लागि समावेशी तथा सकारात्मक अभिभावकत्व परियोजना गरी चार परियोजनाको आइतवार जिल्लाका विभिन्न व्यक्तिहरुको उपस्थितिमा समिक्षा गरिएको छ ।

World Vision International Nepal ,अष्ट्रेलियन एड, ह्याण्डीक्याप इन्टरनेशनल, बागमती सेवा समाज नेपाल,राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र(आरआरपिके) तथा विश्व शिक्षाको साझेदारीमामा संचालित कार्यक्रमहरुको जिल्लाका  विभिन्न व्यक्तिहरुको उपस्थितिमा समिक्षा गरिएको  छ ।
कार्यक्रममा बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बाँदेले बाल संरक्षण समुदाय संलग्नता स्पोन्सरशीप परियोजना अन्तर्गत सम्पन्न भएको कार्यक्रमहरु प्रस्तुत गरेका थिए। संयोजक वाँदेले बागमती सेवा समाज नेपालले गरेका समुदाय संलग्नता तथा बालस्पोन्सरशीप, बालस्पोन्सरशीपमा दर्ता बालबालिकाको संख्या ७२६४, हरिपुर्वा र पर्सा गाउँपालिकामा गरेका क्रियाकलाप, प्रमुख उपलब्धि, मुख्य सिकाई तथा चुनौतीहरु प्रस्तुत गरेका थिए।

यसैगरी राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र(आरआरपिके)का संरक्षण संयोजक नागेन्द्र प्रसाद साहले सिकाई परियोजनाले विभिन्न पालिकामा गरेका क्रियाकलाप उपलब्धि लगायत परियोजना बजेटको बारेमा प्रस्तुति दिएका थिए ।

राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र एकीकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजनाको संयोजक रामकुमार यादवले प्रस्तुति एकीकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजनाले गरेका उपलब्धि तथा परियोजना बजेटको बारेमा आफ्नो प्रस्तुति दिएका थिए ।

हरिपुर्वा नगर स्तरीय बाल संजालका सचिव उज्ज्वल कुमार साहले हाल हरिपुर्वा नगरपालिकामा बाल हिंसा न्युन , बाल बिबाह न्युन भएको बताए । सचिव साहले कानुन राम्रोसँग कार्यनयन नहुनाले विभिन्न हिंसा बढेको बताए । सचिव साहले बालबालिका बुद्धि भएको रोबर्ट हो, सरकारले हामी संग राम्रोसँग हातोमालो गरेर गए सबै प्रकारको हिंसा अन्तय हुने बताए ।

जिल्ला समन्वय समितिका उपसभापति जितेन्द्र कुशवाहाले यस्ता राम्रो कामहरु सर्लाहीको ४ वटा पालिकामा मात्र सिमित भएको बताए। यस्ता कार्यहरु सर्लाहीको अन्य पालिकामा पनि विस्तार गर्न उपसभापति कुशवाहाले सुझाव समेत दिए ।

जिल्ला परियोजना सल्लाहकार समितिको संयोजक तथा जिल्ला समन्वय समितिका सभापति कौशल किशोर सिंहले सर्लाहीमा सन्तुलित विकासको आवश्यकाता भएको बताए ।सिंहले गैरसरकारी संस्थाका प्रतिनिधि र सरकारी प्रतिनिधि तथा अन्य विभिन्न व्यक्तिको उपस्थितिमा सन्तुलित विकासको अवधारणा ल्याउन सल्लाह दिएका छन ।


कार्यक्रममा ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साह, उपाध्यक्ष स्वास्थ्य कार्यलय प्रमुख नवल झा, शसस्त्र प्रहरी सर्लाहीका प्रमुख तुम बहादुर भटराई, जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदी, अुसन्धान निर्देशक संतोष ढुंगेल, कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवान्नद राय, बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की, राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्रका कार्यकारी निर्देशक शिवजी साह वल्र्ड भिजनका प्रतिनिधि सिता चौधरी लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...